सुर्तीजन्य पदार्थ निषेधित कनकाईका बिद्यालयमा चुरोट सेवन गर्ने बिद्यार्थी भेटिए

ठोस खबर / सुर्तीजन्य पदार्थ निषेधित नगर भीत्रकै बिद्यालयका बिद्यार्थीहरुले बिद्यालय क्षेत्रभित्रै चुरोट सेवन गर्ने गरेको गरेको पाईएको छ ।

बिहिवार बिहान कनकाई नगरपालिका ३ सुरङ्गाको कनकाई मावि कक्षा १२ मा अध्ययनरत तीन जना बिद्यार्थीले बिद्यालयको सौचालयमा चुरोट सेवन गरिरहेको अबस्थामा चुरोट र लाईटर संगै बिद्यालयका अनुशासन नियन्त्रक गणेश संग्रौलाले रङ्गेहात फेला पारी बिद्यालय प्रसाशनलाई बुझाउनु भएको हो ।
उनिहरुलाई विद्यालय प्रशासन , विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चन्द्र प्रसाई , बिद्यालय अभिभावक संघका अध्यक्ष रमेश शेर्पा लगायतले सोधिखोजी गरेपछि उक्त चुरोट किनेर ल्याएको पसल समेत पत्ता लागेको थियोे ।

सोधखोज गर्दा कनकाई ३ कै एक पसलबाट स्कुल पोसाकमै रहेका बिद्यार्थीलाई उक्त चुरोट वेेचेको खुलेपछि कनकाई नगरपालिका वडा नं. ३ का वडा सदस्य तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण निषेध अनुगमन समिति संयोजक गोविन्द सुवेदी , बिद्यालयका पिटिए अध्यक्ष तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण निषेध अनुगमन समिति कमाविका रमेश शेर्पा , सुर्तीजन्य पदार्थ बिक्रीवितरण निषेध अनुगमन समितिका सदस्यहरु कृष्टी उप्रेती , रोसन प्रसाईं , नारायण अधिकारी , सञ्चारकर्मी लिलाराज झापाली र सिएम शर्मा साथै ईलाका प्रहरी कार्यलय सुरुङ्गाको टोलिले उक्त पसलमा अनुगमन समेत गरेको थियो ।
अनुगमनका क्रममा उक्त पसलबाट केहि मात्रामा बादशाहा खैनि र गुट्का फेला परे पछि नियन्त्रणमा लिईएको थियो । सुर्तीजन्य पदार्थ बिक्रीवितरण निषेध अनुगमन समितिले बिक्रेता साथै सेवन कर्ता बिद्यार्थीहरुलाई वडा कार्यलयमा बोलाई कानुनी कार्वाही अघि बडाउदै , अाज उप्रान्त निषेधित पदार्थ बिक्रीवितरण गरेको र सेवन गरेको पाईएमा पटकेमा राखी जरिवाना सहित हदैसम्मको कानुनी कार्वाही गर्नेगरी कागज गराएर छोडिएको छ ।

नियन्त्रणमा लिएको सुर्तीजन्य पदार्थ वडा कार्यलय परिसरमा नष्ट गर्दै सुर्तीजन्य पदार्थ निषेधित क्षेत्रमा विद्यालय पोसाकमै रहेका विद्यार्थीलाई निषेधित समान बिक्रीवितरण गरिनु र बिद्यालय परिसरमै सेवन गरेको भेटिनुले यसको नियन्त्रणमा चुनौती थपिएको भएता पनि अाम नागरिकको स्वास्थ्य संग जोडिएको यश विषयमा नागरिकै सुचना र सहयोगबाट नियन्त्रण गर्न सकिने वताउदै यस अभियान सहयोग गर्न सबैमा अनुगमन समिति संयोजक गोविन्द सुवेदिले अनुरोध गर्नु भएको छ । तेस्तै यस अभियानलाई ख्याल ठट्टा सम्झी अटेर गरेमा अवका दिनमा कार्वाही भोग्न तयार रहन समेत संयोजक सुवेदी भन्नु भएको छ ।
त्यसैगरी नियन्त्रणमालिएको सुर्तीजन्य पदार्थ नष्टकै क्रममा बोल्दै कनकाई माविका पिटिए अध्यक्ष शेर्पाले भोलिका दिनमा चरेस , हिरोईन जस्ता लागुअौषधको कुलतमा फसेर समाजनै असभ्य वनाउने बाटोको सिडि खैनि , चुरोट र गुट्खाजस्ता सुर्तीजन्य पदार्थनै भएकोले बिद्यार्थी साथै अाम नागरिकलाई लुकि छीपी यस्ता पदार्थ सेवन गरेर अभियानलाईनै चुनौती दिए भनेर मख्ख नपर्न र अाजै बाट यस्ता चिजलाई त्यागी भविस्य प्रति गम्भीर बन्न अाग्रह गर्दै अाफ्ना छोराछोरी के गर्दैछन् , कुन लाईनमा छन , उनिहरुको ब्यवहारमा कस्तो परिवर्तन अाउदैछ भन्ने कुरामा ध्यान दिन समेत अाम अभिभावकलाई अनुरोध गर्नुभएको छ ।
