ठोस खवर / नेपाली काँग्रेस कनकाई १ ले पार्टीको वडा सम्मेलनमा ३ जना पूर्व सभापतीहरुलाई सम्मान गरेको छ । शुक्रबार कनकाई १ स्थित कालिका सामुदायिक भवनमा आयोजित विशेष सम्मेलनका अवसरमा सभापतिहरुलाई सम्मान गरिएको हो ।


सम्मानित हुनेहरुमा पार्टीका पुराना नेता १२औ अधिवेशनका निर्वाचित साविक सुरुङ्गा १ का धुर्वप्रसाद भट्टराई , साविक सुरुङ्गा २ का लक्ष्मीप्रसाद काफ्ले र १३औ अधिवेशनका कार्यवाहक नरध्वज खवास गरी तीन जना पूर्व सभापतिहरु रहनु भएको छ । उहाँ हरुलाई नेपाली काङ्ग्रेसको पुराना तथा अग्रजहरुले पुर्‍याउनु भएको योगदान प्रति सम्मान र आदर गर्ने संस्कार लाई सार्थक बनाउदै सम्मान गरिएको वताईएको छ ।

१४औ महाधिवेशन पश्चातका नेपाली काँग्रेस केन्द्रिय समितिले सुरु गरेको पार्टी शसक्तिकरण अभियानका जिल्ला , क्षेत्र तथा नगर कार्यसमितिको परिपत्रका आधरमा अायोजना गरिएको वडा सम्मेलनमा वडाको पार्टी कार्यकर्ता तथा क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । गत १४औं अधिवेशन पश्चात वडा समितिले गरिएको पार्टीको अत्यन्तै महत्वपुर्ण तथा पहिलो ठुलो कार्यक्रमका रुपमा सम्मेलन सम्पन्न गरिएको वताईएको छ ।

नेका वडा नं. १ का सभापती तथा कायक्रमका सभाध्यक्ष मनोज बस्नेतले राजनितिक तथा सांगठनिक र सचिव तिलचन्द रिजालले आर्थिक प्रतिवेद प्रस्तुत गरेको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती देउकुमार थेवेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रुमख अतिथि थेवेले अबको संगठन सुधार गरेर लिएर जानका लागि कशैले कशैलाई दोसारोपण गरेर हुँदैन अरुलाई औल्याउनु भनेको आफै पितलो बन्नु हो त्यसैले चुनावमा भएका गतिविधिलाई सबै भुलेर एकजुट भई हातेमालो गर्दै अगाडी बढ्नका लागि सबैमा आव्हान गर्नु भएको छ । उहाँले वडा तथा नगर समितिलाई एउटा रुटिङ्ग बनाएर सम्पुर्ण टोल तथा भातृ संगठन समक्ष पुग्नका लागि निर्देशन समेत दिनु भएको छ । अबको काँग्रेस बलियो पारेर अगाडी लिएर जानको लागि प्रशिक्षणको पनि आवश्यकता भएको हुनाले तत्काल जिल्लाले झापाका सबै पालिकामा रहेका सबै वडाहरुमा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने समेत थेवेले बताउनु भयो ।

जिल्ला सदस्य तथा वडा नं. १ का प्रतिनिधि शिव कडेल , झापा क्षेत्र नं. ४ प्रदेश ख का सभापती ख्यामराज सिटौला , प्रदेश प्रतिनिधि मनोज कुमार पोखरेल , कनकाई नगर सभापती दुर्गाप्रसाद प्रसाई , महिला संघ नगर सभापती रेनुका मैनाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा जिल्ला सदस्य लीलाप्रसाद चिमरिया , क्षेत्रिय सचिव रुपनारायण खतिवडा , नगर उपसभापती शन्तोस रायमाझी , सचिव रेणुप्रसाद कडेल , नेविसंघ केन्द्रिय सदस्य भुवन खतिवडा , वडा न.२ का वडा सभापती बुद्धिमान बोहोरा लगायतको आतिथ्यता रहेको थियो । सहभागिहरु टेकनाथ लुईटेल, राजेश श्रेष्ठ, ईश्वर सुवेदी, डिल्ली रिजाल, मादव बराल, कैलाश नेपाली लगायतको जिज्ञासा मेटाउँदै प्रतिजवाफका रुपमा जिल्ला प्रतिनिधि शिव कडेलले आगामी संगठन कुर्सीमा बसेर होईन सम्पुर्ण जनताहरु सामु भुईमा बसी उनीहरुको भावना र मर्मलाई बुुझेर अगाडि बढ्नु पर्नेमा समेत जोड दिनु भयो भने जनताका लागि काँग्रेस भन्ने नारालाई सार्थकता पार्न जे आवश्यकता रहन्छ त्यो गर्न तयार रहनु पर्नेमा पनि जिल्ला सदस्य तथा प्रतिनिधी कडेलले प्रस्ट पार्नु भएको थियो ।

जिल्ला सदस्य कुमारकणी पोखरेलले स्वागत सहित औचित्य माथी प्रस्ट पार्नुभएको कार्यक्रमको सञ्चालन सविच तिलचन्द रिजालले गरगर्नुभएको थियो ।