ठोस खबर / रोटरी क्लब अफ सुरुङ्गाले शनिवार सुरुङ्गामा क्लब अफिसर प्रशिक्षण कार्यक्रम गरेको छ ।

स्थापना काल देखिनै सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै अाएको क्लबले क्लबका सदस्यहरुलाई लक्षित गरी एक दिवसिय क्लब अफिसर प्रशिक्षण कार्यक्रम गरेको हो ।

क्लबका ४० जना सदस्यको सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीलाई डिस्ट्रिक ट्रेनिङ समिति सदस्य किनोट स्पिकर किरण कर्ण , ट्रेनिङ चेयर रिजन ७ कि अर्चना तापरिया र असिस्टेन गर्भनर जोन ४३ का दिपु चापागाईं ( सन्दिप ) ले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणमा कार्यक्रमका नितिगत कुराहरु , मिटिङ्ग , काम कर्तव्य र अधिकार जस्ता बिषयमा सहजिकण गरिएको प्रशिक्षण कार्यक्रम अायोजक संयोजक तथा रोटरी क्लब अफ सुरुङ्गाका पुर्व अध्यक्ष सुशील कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कडेलले समाजमा हुने साना ठुला , राम्रा नराम्रा गतिविधिलाई कसरी सहजिकरण गरेर समाजलाई सहि दिशामा लान सकिन्छ भन्ने जस्ता बिषयलाई समेट्दै कार्यक्रम अायोजना गरिएको बताउनु भयो ।
प्रेसिडेन्ट नोमिनी डिल्ली राम मैनालीले धन्यवाद मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन क्लबकी सचिव विनिता मैनाली बिमलिले गर्नुभएको थियोे ।