कनकाई १ का एकल महिलालाई धुप वनाउने तालिम

ठोस खबर / एकल महिला दिदिबहिनीहरुले पनि सामुहिक रुपमा केहि सिकुन र सिकेको सिपलाई व्यवहारमा उतारेर आर्थिक पक्षलाई सवल वनाउन सकुन भन्ने उदेश्यका साथ कनकाई १ का एकल महिला हरुलाई धुप बनाउने तालिम दिन सुरु गरिएको छ ।
झापाको कनकाइ नगरपालिका वडा नं. १ को जागरण एकल महिला समुहको अायोजना तथा कनकाइ नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा बुधवार बाट सञ्चालन गरिएको सिपमुलक धुपबनाउने तालिममा वडाका ४० जनाको सहभगिता रहेको छ । तीन दिन सम्म सञ्चालन हुने तालिममा एकल महिला सहभागीहरुलाई प्रशिक्षक मनमाया थापाले तालिम प्रदान गर्नुहुदै छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई वडा नम्बर १ का वडा अध्यक्ष सुशीलकुमार पोखरेलले वडा भित्र रहेका सम्पूर्ण एकल महिलाहरुलाई एकजुट भएर अगाडी बढ्नका लागि आवहान गर्दै वडाको तर्फवाट सदैव सहयोग रहने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो ।
आफ्नो समस्या र समाधानमा आफै जुट्न सकियोस भन्ने उदेश्यका साथ स्थापना गरिएको जागरण एकल महिला समूहले एकल महिलाहरुलाई लक्षित गरेर विभिन्न चेतना मुलक , क्षमता अभिवृद्धि तथा स्वरोजगार मुखी कार्यक्रमहरुको आयोजना गर्दै जाने र यसको लागि वडा तथा नगरबाट सदैव साथ र सहयोग रहनेमा समूह विस्वस्त रहेको संस्थाकी कोषाध्यक्ष होमादेखी अधिकारीले बताउनु भयो ।

वडा महिला सदस्य निर्मला पौडेल , कनकाइ विहानी क्लबका अध्यक्ष मनोज बस्नेत , सहजिकरण महिला समूहका अध्यक्ष लीला प्याकुरेल , विहानी महिला समुहका अध्यक्ष मञ्जुदेवी भुजेल , सल्लाहकार समिति संयोजक गंगाबहादुर खवास , नमुना महिला समूहका प्रतिनिधि गोमा कोईराला न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य दलबहादुर थापा , महिला सदस्य सञ्जिता ल्वागुन , नेपाली काँग्रेस वडा नं. १ का उपसभापती नरपती पाण्डे , रचना साप्कोटा लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाको अध्यक्ष शकुन्तला खत्रीको अध्यक्षतामा सम्पन्न तालिम उद्धाटन कार्यक्रममा उपस्थित सबैलाई स्वागत उपाध्यक्ष कला थापाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जागरण एकल महिला समूहकी सचिव गिता सिवाकोटी र सहजिकरण महिला समूहकी सचिव निर्मला बस्नेतले संयूक्त रुपमा गर्नु भएको थियो ।
