ठोस खबर । रोटरी क्लव अफ सुरुङ्गा र रोट्रयाक क्लब सुरुङ्गाले गरेको रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भएको छ ।

सुरुङ्गा स्थित कुमुदिनी भवनमा रक्तसञ्चार सेवा बिर्तामोडको प्रविधिक सहयोगमा अाज शनिवार अायोजना गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला र ४५ जना पुरुषबाट भएको रक्तदानबाट ५१ पिन्ट रगत संकलन भएको हो ।

देशमा बढिरहेको रगत अभावबाट थोरैमात्र बिरामीलाई भएपनि राहत पुगोस भन्ने उदेश्यले रोटरी क्लव अफ सुरुङ्गाले रक्तदान कार्यक्रमको अायोजना गरेको र हरेक बर्ष बार्षिक क्लालेण्डरनै बनाएर रक्तदानलाई निरन्तरता दिने रक्तदान कार्यक्रमका संयोजक तथा रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले बताउँनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले रक्तदान जस्तो महादान कार्यक्रमको अायोजना गरेर रोटरी क्लब अफ सुरुङ्गाले ठूलो पुण्यको काम गरेको बताउनु भयो । पोखरेलले रोटरी जस्ता जनहितकारी संघ संस्थासग मिलेर काम गर्न र समन्वय गर्न नगरपालिका सदैँव तयार रहेको समेत जानकारी गराउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कडेँलले रोटरीले गरेको रक्तदान कार्यक्रममा सहभागी हुने सम्पुर्णमा अाभार व्यक्त गर्नु भएको थियोे । कार्यक्रममा उपस्थित सवैलाई स्वागत क्लबका प्रेसिडेन्ट इलेक्ट लुवराज उप्रेतीले गर्नु भएको थियोे भने सञ्चालन सदस्य मेनका उप्रेतीले गर्नुभएको थियोे ।