ठोस खबर / झापाको कनकाई नगरपालिकाले सुरुगरेको नगरपालिका भित्र सुर्तीजन्यपदार्थ विक्रिवितरण निषेध अभियानलाई सफल पार्न सहयोग पुर्याउने उदेश्यले कनकाई नगरपालिका ४ स्थित झापा मेरिगोल्ड अङ्ग्रेजी बिधालयका बिद्यार्थीहरुले नाटक प्रदर्शन सुरु गरेका छन ।

बिद्यालयमा कक्षा ६ देखी कक्षा १० सम्म अध्ययनरत बिद्यार्थीहरुलेे सुर्तीजन्य पदार्थ र मदिरा जन्य पदार्थको सेवनले स्वास्थ्य र समाजमा पार्ने असरको चित्रण गर्दै सामुहिक रुपमा तयार पारेको सचेतना मुलक कचहरी नाटक “दोषी को ? ” को प्रदर्शन मंगलबार बाट सुरु गरेका हुन ।

बिद्यालयका अभिनय शिक्षक जीवन बरालको निर्देशन रहेको नाटक मंगलबार कनकाई माध्यमिक बिद्यालय सुरुङ्गामा प्रस्तुत गर्दै उद्घाटन गरिनुको साथै चम्पापुर मावि चम्पापुरमा समेत प्रदर्शन गरिएको छ ।

नाटकमा सुर्तीजन्य पदार्थले स्वास्थ्य , समाज र परिवारमा पार्ने असरबारे सचेतना जागाउदै कनकाई नगरले यस्ता पदार्थ बिक्रीवितरणमा रोक लागाएपछी पनि चेतनाको कमीले नगारिकले लुकाई छिपाई बिक्रीवितरण गर्ने गरेको देखाउदै यसरी नगरको अभियान लाई बेवास्ता गर्दा जरिवाना सहित कानुनी कार्वाही समेत भोग्नु पर्ने कुराको चित्रण गरिएको छ ।

बिद्यार्थीहरु द्वारा निर्मित सचेतनामुलक यो नाटक कनकाई नगरपालिकाको समन्वयमा नगर भरिका सबै बिद्यालय र बजार क्षेत्रमा समेत प्रसतुत गरिने बिद्यालयका प्रअ गोकुल उप्रेतीले वताउनु भयो । बिद्यालयले बिद्यार्थीलाई कीताबी ज्ञान संगसगै अतिरिक्त क्रियाकलाप नृत्य , सङ्गीत , अभिनय , वक्तृत्व कला , खेलकुद , जस्ता अन्य धेरै बिधामा सहभागीता गराउदै अाएको र यसै प्रक्रिया अनुरुप अभिनय बिधाका बिद्यार्थीहरु अाफैले तयार पारेको समय सापेक्ष कचहरि नाटक “दोषी को ?” नगर संग समन्वय गरी प्रदर्शन गर्न सुरु गरिएको पनी प्रअ उप्रेतीले जानकारी गारउनु भयो ।