ठोस खबर , गौरादह / नेकपा माअोवादी केन्द्र गौरादहले पार्टीको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ कार्यक्रमको उद्घाटन गर्दै भदौ १६ गते शनिबार अाज नगरका सबै वडामा विभिन्न कार्यक्रम गरेको छ ।

गौरादह नगरमा जिम्मेवारी लिएर अाउनु भएका नेकपा माओवादी केन्द्रका सचिब सुशील उप्रेती (गणेश) को नेतृत्वमा नगरका सबै वडामा प्रतिनिधी मुलक जिम्मेवारी बडफाड गरि अभियानको उद्घाटन गर्दै गौरादहका सबै वडामा कार्यक्रम गरिएको हो ।

अभियान उद्घाटन कार्यक्रममा गौरादह वडा नं. १ र २ मा जिम्मेवारी सम्हाल्नु भएका विरेन्द्र बस्नेत सहितका माअोवादी नेता कार्यकर्ताको समुहले कृष्णे घाट सवदाह स्थल सरसफाइ साथै विभिद कार्यक्रम गरेको छ । तेस्तै वडा नं. ४ मा जिम्मेवारी सम्हाल्नु भएका लेखत खड्का र गणेश कार्की सहितका माअोवादी नेता कार्यकर्ताको समुहले बृक्षारोपण कार्यक्रम गरेको छ । यता वडा नं. ३ र ५ मा जिम्मेवारी सम्हाल्नु भएका बेदु गौतम सहितको टिमले विविध कार्यक्रम गर्दै सामुदायिक बिधालय सरसफाइ कार्यक्रम गरेको छ ।

त्यसैगरी वडा नं. ६ को जिम्मेवारी सम्हाल्नु भएका खगेन्द्र सुवेदी सहितका मअोवादि नेता कार्यकर्ताको समुहले स्थानिय क्यान्सर पिडित आसिकराम ऋषिदेबलाई खाद्यान्न सहयोग गरेको छ भने सुलोचना राजबंशीको जिम्मेवारी रहेको वडा ७ मा पनि विविध कार्यक्रम गरिएको छ । तेस्तै माधब भट्टराईले जिम्मेवारी सम्हाल्नु भएको माअोवादी नेता कार्यकर्ताको समुहले वडा नं. ८ को आवतजावत गर्न समस्या भईरहेको जनश्रमदान कलबोर्डमा माटो पुर्ने काम र वडा नं. ९ मा सिचाइ लाई सहज बनाउन नहर सरसफई जस्ता सामाजिक कार्य गरेको छ ।

नेकपा माओवादी केन्द्रकै एजेण्डामा देश अगाडी बढेपनि जनतालाई बुझाउन नसक्दा पछिल्लो मत परिणाम खस्किएको पार्टीले महशुस गरी तीन महिने विशेष रुपान्तरण अभियान लिएर पार्टी अगाडी बढेको हो ।

पार्टी तथा जनवर्गीय संगठनका केन्द्रदेखि गाउँ तहसम्मका नेताहरु यति बेला गाउँ गाउँ पुग्नुभएको छ भने अवका तीन महिना सम्म जनताको घर घरमा गएर सुझाव संकलन गरी उनीहरुको कुरा सुन्नदै पार्टी संगठनलाई सुदृढीकरण गर्नुका साथै सदस्य संख्या बढाइ पुनः माओवादीलाई बलियो वनाउन अभियान चलाइएको नेताहरुको भनाई छ ।