कनकाई नदीमा बेपत्ता भएका कनकाई ४ का सविन श्रेष्ठको सव फेला

ठोस खबर \ कनकाई नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका कनकाई वडा नं.४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको सव फेला परेको छ ।
बिहिबार दिउँसो २ बजेदेखी बेपत्ता भएका श्रेष्ठको स्थानिय , जिल्ला प्रहरी कार्यालयको विपद्को टोली, जनप्रतिनिधि समेतको उपस्थितीमा खोजी कार्यलाई तिब्रता दिइएको थियोे ।
खोजिकै क्रममा श्रेष्ठको सव कनकाई माई पुल भन्दा करिव ५०० मिटर दक्षिणमा कनकाई नगरपालिका ४ का वडा सदस्य शेषप्रसाद प्रसाईं सहित प्रहरी टोलीले आज फेला पारेको हो ।
