शरणामती/ झापाको झापा गाउँपालिका वडा नम्बर ७ मा एक व्याक्ती मृत फेला परेका छन् ।

४८ वर्षीय विनोद दाहाल सानो कनकाई माईमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।आज बुधबार बिहान अन्दाजी ८ बजे पानीमा डुबेको अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृत दाहाल तीन दिन अघि देखीनै घरबाट हिडेका थिए।मदरगाछ पुर्व सानो माइको पुलनेर उनको साइकल र टोपी फेला परेको थियो।दिनै घर देखि हिड्ने दाहाल कहिले घर आउने र कहिले अन्तै कतै बस्ने गरेको पारिवारिक स्रोतलाई उद्रीत गर्दै स्थानीयले बताएका छन् ।

मृत दाहालको शव पोस्टम्याट्म लागि लगिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।