ठोस खबर / सुरुङ्गा जेसीजले जेसीज सप्ताह कार्यक्रम अाज शुक्रबारबाट सुरु गरेको छ ।

सप्ताह कार्यक्रमको उद्घाटन गर्दै पहिलो दिनको कार्यक्रम अन्तर्गत यहा स्थित प्यारागन एकाडेमीका अभिभावकहरु संग अभिमुखीकरण कार्यक्रम गर्दै सम्पन्न गरेको छ ।

सुरुङ्गा जेसीज संगसगै प्यारागन एकाडेमी उद्घोष गर्दै प्यारागन एकाडेमिमा अाफ्ना बालबालिका अध्यापन गराउदै अाउनुभएका अभिभावकहरूलाई लक्षित गरी अायोजना गरिएको कार्यक्रममा प्रशिक्षक सपना प्रसाईं अोडारीले सहभागी हरुलाई प्रशीक्षण गराउनु भएको थियो ।

बालबालिकालाई अाजको समाजको अावश्यकता अनुसार रुपान्तरण कसरी गर्न सकीन्छ ? उनी हरुलाई कसरी असल शिक्षा दिन सकीन्छ ? यसको लागी अाम अभिभावकको भुमिका कस्तो रहनु पर्छ ? जस्ता धेरै महत्त्वपूर्ण विषयलाई समेट्दै जेसीज सप्ताहको पहिलो दिन प्यारागन एकाडेमिका अभिभावकहरूलाई अभिमुखीकरण तालिम प्रदान गरिएको सुरुङ्गा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी प्रविन तिम्सिनाले वताउनु भयो ।

“सबैका लागि जेसीज , सधैंका लागि जेसीज” मुल नारा लिएर जेसीजले निश्चित वर्गको लागि मात्रैकाम गर्छ भन्ने भ्रमलाई चिर्दै यस वर्ष सुरुङ्गा जेसीजले स्थापना कालदेखि गर्दै अाएका कार्यक्रम भन्दा फरक किसीमका कार्यक्रम अायोजना गरिएको पनि अध्यक्ष तिम्सिनाले जानकारी गराउनु भयो ।

जेसीज सप्ताह अन्तर्ग अबका कार्यक्रममा भदौ २४ गते ग्लोबल एडुकेयर एकाडेमी र भदौ २६ गते पशुपति अंग्रेजी बिद्यालयका अभिभावकहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिने , असोज ५ गते कनकाई नगरपालिका भित्र रहेका माध्यमिक बिद्यालय हरु बिच वक्तृत्वकला प्रतियोगिता गरिने र असोज ६ गते कनकाई नगरपालिकाका शीक्षकहरुलाई तालिम प्रदान गर्दै जेसीज सप्ताहको समापन गरिने सप्ताह कार्यक्रम संयोजक जेसी रोहित कोईरालाले जानकारी गराउनु भयो ।

सुरुङ्गा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी प्रविन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाईं , प्यारागन एकाडेमीको फाउन्डर चम्फा सुवेदी , लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष लायन संजय गजुरेल , सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष जेसी कुमारमणि पोखरेल , शिक्षासेवी श्रीकान्त थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।


कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दै कार्यक्रमको अौचत्य माथि प्रकाश अाजको कार्यक्रमका संयोजक तथा क्लबका कार्यकारी उपाध्यक्ष जेसी ऋषव सिंह चाहरले पार्नु भएको थियो । कार्यक्रमको संचालन क्लबका महासचिव जेसी दिपेन्द्र प्रधानले गर्नुभएको थियोे ।