ठोस खबर / झापाको दमकमा केन्द्रीय कार्यलय भई झापाका विभिन्न स्थान र मोरङ्गमा समेत केहि स्थानमा सेवा केन्द्र बिस्तार गरिसकेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिवार सुरुङ्गा सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको छ ।

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १४ अौ बार्षिक साधारण सभा अन्तर्गत ७ सय पैतिस शेयर सदस्य रहेको ईकाई ३ सुरुङ्गा सेवाकेन्द्रको साधारण सभा शनिवार कनकाई उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा सभाका अध्यक्ष बुद्धिसागर वरालले अार्थिक बर्ष २०७९/२०८० असार मसान्तसम्ममा ८ हजार ५ सय शेयर सदस्य रहेको संस्थामा बचत निक्षेप तर्फ ६३ करोड भन्दा बढी बचत संकलन भएको , ११ करोड ३२ लाख ८४ हजार शेयर संकलन भएको , १३ करोड ६३ लाख ९८ हजार भन्दा बढी कोष निर्माण भई ९८ करोड भन्दा माथी ऋण लगानी गर्न संस्था सफल भएको र अा.ब. २०७९/२०८० मा संस्थाले १ अर्ब १९ करोड ७६ लाख ८ हजार ५ सय सडसठ्ठी रुपैयाको कुल कारोवार गरेको सन्चालक समितीको प्रतिवेदन प्रस्तुत गर्दै अा.ब. २०८०/२०८१ को भावि लक्ष , योजना कार्यक्रम तथाबजेट प्रस्तुत गर्नुभयो ।

सहकारीताको मूल्य , मान्यता , सिद्धान्तहरुलाई अात्मासाथ गर्दै अाफ्ना सदस्यहरुमाझ गुणस्तरीय , भरपर्दो , बिस्वसनिय , बितिय तथा गैर बितिय सेवा प्रवाह मार्फत जीबनस्तरमा सकरात्मक परिवर्तन गरी अब्बल दर्जाको सहकारी संस्थाको रुपमा स्थापित हुने लक्षका साथ अघि बढेको यस सहकारिले केही समय अगाडिबाट कोभिड १९ साथै रुस र युक्रेनको युद्धका कारण बिस्वब्यापी रुपमा अर्थतन्त्रमा अाएको उत्तरचढावका कारण संस्थाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भएतापनी यस्तो परिस्थितिमा पनि सदस्यहरुलाई दिईने सेवा प्रवाहमा निरन्तरता दिइरहन सक्नुनै संस्थाको उपलब्धि भएको अध्यक्ष वरालले बताउनु भयो । यसै बर्ष राष्ट्रिय सहकारी बैकले उत्कृष्ट कारोवार गर्ने संस्थाको रुपमा सम्मान गरेको र उक्त सम्मानबाट संचालकलाई थप जिम्मेवार बढ्नुका साथै सदस्यकेन्द्रीत कार्यक्रममा हौसला समेत मिलेको पनी अध्यक्ष वरालले बताउनु भयो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईं , पृथ्वी साकोसका संचालक कुमारमणी पोखरेल कनकाई नगरपालिकाका सहकारी प्रमुख हरी प्रसाद पौडेल , संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष बासुदेव काफ्ले लगायतले सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम उपस्थित सबैलाई संस्थाको सुरुङ्गा सेवा केन्द्रका संचालक समिति सदस्य भरतकुमार ढकालले स्वागत गर्नुभएको थियो भने सन्चालन संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले गर्नुभएको थियो ।