ठोस खबर / रोटरी क्लव अफ सुरुङ्गा र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजनामा शनिबार पवित्र कनकाई नदि परिसरमा रहेको कनकाई घाट क्षेत्रमा सरसफाई साथै बिरुवा गोडमेल र थप वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुले बार्षिक कार्यक्रमनै बनाएर र विभिन्न अवशर पारेर विरुवा रोप्ने कार्यक्रम गर्दै आइरहेको भएपनि ती विरुवाको हेरचाह , गोडमेलमा सक्रियता नभएकोले अपेक्षा गरे अनुरुप विरुवाहरु नहुर्कि रहेको अबस्थामा रोटरी क्लबले भने अाफुले लगाएका विरुवाको हेरचाह र गोडमेल अाफै गर्दै अरुलाई पनि बाटो देखाउने गरि उदाहरणीय कार्य गरेको छ ।

क्लवले वातावरणको शुद्धतालाई समेत ख्याल गर्दै वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिएको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिनुभयो । कडेलले भन्नुभयो ” बिरुवा रोप्नु ठूलो कुरा हैन हुर्काउनु ठूलो कुरा हो ,अबको काम परिणाम मुखी हुनुपर्छ” । परिणाम प्राप्तिकै निम्ति वोटविरुवाको संरक्षणमा विशेष प्राथमिकता दिँदै आएको रोटरीले तीन महिना अघि मात्र कनकाई घाट क्षेत्रमा रोपण गरेको कपुर र बज्रदन्तीका विरुवाहरु हाल सम्म पनि नियमित रुपमा हेरचाह र संरक्षण गर्दै आएको क्लवका अध्यक्ष कडेलको भनाई छ ।

विभिन्न सेवाका क्षेत्रमा सदस्यलाई जिम्मेवारी प्रदान गरेको रोटरीले सर्भिस प्रोजेक्ट अन्तर्गत गोडमेलसहितको वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । रोटरी एवं रोट्रयाक्ट क्लवअफ सुरुङ्गाको संयुक्त आयोजनामा क्लवको वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमको निरन्तरता स्वरुप क्लवका पदाधिकारीसहित सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको क्लवका पुर्व अध्यक्ष एवं सर्भिस प्रोजेक्ट चेयर कुमारमणि पोखरेलले बताउँनुभयो ।