पृथ्वी साकोसको ११ औं तथा अन्तिम साधारण सभा सम्पन्न ,अब सहारासँग एकीकरण हुँदै

ठोस खबर / झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको ११ औं तथा अन्तिम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अब छिटै साहारा नेपाल संग पृथ्वी साकोसको एकीकरण हुने भएकाले यो ११ अौ साधारण सभानै पृथ्वी बचत तथा ऋण सहकारीको नामबाट अन्तिम साधारण साभाको रुपमा गरिएको संस्थाका सचिव शिव कडेलले जानकारी गराउनु भयो ।
सभाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कुमारमणी पोखरेलले संस्थाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १० अौ साधारण सभाले दिएको म्यान्डेट अनुरुप पृथ्वी साकोस साहारा नेपाल संग एकीकरण प्रक्रिया अगाडि बडेकोमा अहिले एकिकरणको अन्तिम क्षणमा पुगेको बताउनु भयो । खुल्ला अर्थतन्त्र अनि प्रविधिमैत्री वातावरणमा अघि बढ्नु आजको आवश्यक्ता भएकाले संस्था सहज रुपमै अघि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै एकीकरण गरेर यसको अवतरणलाई सहज बनाएको पनि अध्यक्ष पोखरेलले बताउनु भयो ।

पृथ्वी सहकारी संस्था अब सहारा सेवा केन्द्र सुरुङ्गा(ख) को नामबाट संचालनमा आउँने भएकोले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुलाई बिचल्ली नभइ सहारासँगको सहकार्यमा अघि बढ्न अनुरोध गर्दै अध्यक्ष पोखरेलले पृथ्वी सहकारीले दिएको सेवा भन्दा सहाराको सेवा सुविधा थप आकर्षक हुनेकुरामा ढुक्क हुन अनुरोध गर्नु भयो ।
संस्थाले साधारण सभाको अवसरमा विभिन्न विधामा संस्थाका उत्कृष्ट सदस्यहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ताका रुपमा पुरुष तर्फ कनकाई ३ का नारायणप्रसाद कट्टेल रहनु भएको छ । त्यस्तै उत्कृष्ट बचतमा महिला तर्फ नमिता पोखरेल रहनु भएको छ । उत्कृष्ट ऋणिमा पुरुष तर्फ कनकाई ३ निवासी धर्मराज प्रसाईँ र महिला तर्फ कनकाई ७ की मिरादेवी शहनी रहनु भएको छ । त्यस्तै ज्येष्ठ नागरिक तर्फ कनकाई ३ निवासी भगिरथा सिटौला सम्मानित हुनु भएको छ ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई ३ का वडा अध्यक्ष युबराज चम्लागाई, जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खनाल सुवेदी, संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले नगदसहित दोसल्ला र सम्मान पत्रका साथ सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई संस्थाका उपाध्यक्ष एल.पी. उप्रेतीले स्वागत गर्नुभएको थियोे भने सचिव शिवकुमार कडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । ।
