कनकाई ,३ असोज / कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले २०७२ सालको संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधान दिवसका अवसरमा नगर परिसरमा आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभएको हो।
उहाँले तिनै तहका सरकार मिलेर संविधानको प्रभावकारीरुपमा कार्यन्वयन गर्दै स्वदेशमा नै रोजगारीको व्यवस्था , स्वदेशमा नै उच्च- शिक्षा हासिल गर्ने वातावरण निर्माण गरि पढ्न कै लागि विदेशीने कार्यलाई निरुत्साहित गर्नुपर्ने धारणा पनि राख्नुभयो।

नगर प्रमुख पोखरेलले संविधान दिवस कुनै एकपार्टी, विभिन्न जात-जाति विशेषको मात्र नभई सम्पूर्ण नेपालीको साझा उपलब्धि र सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस रहेकाले पनि संविधान दिवस मनाइरहदा २०७२ सालको नेपालको संविधान कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिनुभएको हो। हामी सबैले आफ्नो उद्देश्यको बाटो बिर्सन नहुने र सबै नेपाली एकताको माला जस्तै रहदै यदी नेपालको नक्सालाई विदेशीले तोडमोड गरि सार्वजनिक गर्छ भने त्यो पनि हामी कसैलाई मान्य नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा नगर प्रमुख पोखरेल उप प्रमुख आशा शर्मा शिवाकोटी , नगर प्रवक्ता तथा वडा न ५ का अध्यक्ष कृष्णबहादुर राई , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा न १ का अध्यक्ष सुशील कुमार पोखरेल, वडा न २ का अध्यक्ष वलराम राई( प्रताप )वडा न ३ का अध्यक्ष युवराज चौलागाईं ,वडा न ४ का अध्यक्ष रोषन सुवेदी ,वडा न ७ का अध्यक्ष भिस्मभुषण सिटौला , वडा न ८ का अध्यक्ष लिलाबहादुर कटुवाल , योजना साखा प्रमुख जमुना कटुवाल , जिन्सी साखा प्रमुख भोजराज आचार्य , कर्मचारी विजय पाठक , सम्झना तिवारी , कार्यपालिका सदस्य , वडा सदस्य सुरक्षा कर्मी लगायतले एकै साथ झन्डोतलन गर्नुभएको थियोे भने इलाका प्रहरी कार्यलय सुरुङ्गाको टोलीले सलामी अर्पण गरेको थियोे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल ,नगर प्रवक्ता तथा वडा न ५ का अध्यक्ष कृष्णबहादुर राईले संविधान दिवसको बारेमा खुलेर चर्चा गर्नुभएको थियोे ।

झन्डोतलन र वीर सहिदहरु प्रती माल्यरपण गर्दै सुरुवात गरेको कार्यक्रममा नगर उप -प्रमुख अाशा शिवाकोटीले स्वागत तथा औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सन्चालन कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियोे ।