ठोस खबर / कनकाईधाम धार्मिक विकास संस्थामा स्वतन्त्र कार्य सम्पादन समुहका शेरवहादुर थापाको टिम र नेकपा एमाले, कांग्रेस, माओवादी , राप्रपा, नेकपा एस लगायातका पार्टीका तर्फबाट साझा उमेदवार नरेन्द्रकुमार फुयाँलको नेतृत्वमा रहेको टिम विच प्रतिस्पर्धा हुने देखिएको छ ।

झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको कनकाईधाम धार्मिक विकास संस्थाको आगामी असोज १५ गते कार्य समिति चयनका लागी निर्वाचन तय भएको छ । 

निर्वाचन आयोगले असोज ४ गते विहिवारलाई लाई उम्मेदवारी दर्ताको सुचना जारी गरे अनुसार शेरबहादुर थापा नेतृत्वको स्वतन्त्र नागरिक कार्य सम्पादन समुह र नेकपा एमाले, कांग्रेस, माओवादी , राप्रपा, नेकपा एस लगायातका पार्टीका तर्फबाट साझा उमेदवार नरेन्द्रकुमार फुयाँलको नेतृत्वमा रहेको टिमले निर्वाचन अायोगमा उमेदवारी दर्ता गराएका छन ।

उमेदवारी दर्ता गराउदै स्वतन्त्रका शेरबहादुर थापाले अाफ्नो समुहमा कुनैपनि पार्टीमा नभएका उम्मेद्वार रहेको बताएका छन् । समिति चयनका लागि राजनिती दलले पद बाडफाँड गरेर धार्मिक संस्थामा राजनिति गरेकाले बाध्य भएर संस्थाको हितका लागि नागरिक स्तरबाटै स्वतन्त्र रुपमा आफु नेतृत्वको स्वतन्त्र प्यानल खडा गरी उम्मेद्वारी दिएको थापाको भनाई छ । उनले दलहरुको बिरुद्धमा गएर सवैले मतदान गर्ने विश्वास समेत ब्यक्त गरेका छन ।

यता कनकाईका दलहरुको तर्फबाट नरेन्द्र फुयालको नेतृत्वमा उम्मेद्धारी दिएको टिमको भने भनाई फरक रहेको छ । “हामीले राजनिति गरेको भए त प्यानल बनाएर फरक फरक दलका उम्मेद्धार खडा गर्ने थियौ , हामीले धार्मिक संस्थाको गरिमालाई बचाई राख्नका लागि सबै पक्षविच एकता कायम गरेका हौ” दलकर्मीको भनाई छ ।

दलका तर्फबाट अध्यक्षमा नरेन्द्र फुयाँल सहित बरिष्ठ उपाध्यक्षमा निर्मल खतिवडा, धार्मिक उपाध्यक्षमा प्रकाश थापा, पर्यटन उपाध्पक्षमा अम्बिका खरेल, महासचिवमा कृष्णप्रसाद घिमिरे, सचिवमा यामनाथ खतिवडा, कोषाध्यक्षमा मानबहादुर पौडेल साथै अाबाश्क सदस्य पदमा समेत उमेदवारी दर्ता गराएका छन ।

शेरबहादुर थापाको प्यानलबाट अध्यक्षमा थापा , बरिष्ठ उपाध्यक्षमा डिल्लीराम बाह्रकोटी, धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवाल, पर्यटन उपाध्यक्षमा रामप्रसाद अधिकारी, महासचिवमा दिनानाथ खतिवडा, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा अम्बिका चापागाई साथै अावाश्क सदस्य पदमा समेत उम्मेद्धारी दर्ता गराएका छन ।

चासोको रुपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको कोटीहोम घार्मिक संस्थाको निर्वाचनमा उम्मेदवारी र समर्थन भने देखिएको छैन । सुरूका दिनमा रास्वपाले केही संस्थामा सामाजिक छवि राम्रो भएका व्यक्तिलाई सघाए पनि आज अनुभवले सिकाएकोले स्पष्ट रुपमा बिद्यालय , कलेज, कुनै सामुदायिक वा धार्मिक संस्थामा छिरेर अब राजनीति नगर्ने वताउदै अरुलाई पनि स्थानीय तह वा संसदमा बाहेक संघ संस्थामा त्यही क्षेत्रका विज्ञ र गैह्रराजनीतिक व्यक्तिलाई नै काम गर्न दिन रास्पाका नेता शम्भु ढकाल सुस्केराले अनुरोध गरेका छन ।

यसैबीच रास्वपामा अावद्ध जो कोही सदस्य कोटिहोमको सदस्य भएको खण्डमा चुनावमा होमिएका कुनै व्यक्ति वा दलको पक्ष वा बिपक्षमा नलागी राम्रो मान्छे छानेर गोप्य मतदान गर्न वा कसैलाई मतदान नगर्न पनि सक्ने तर कुनै उम्मेद्वारको पक्षबिपक्षमा लेख्ने, बोल्ने वा भोट माग्ने आदि कार्य भने नगर्न रास्वपामा आबद्ध सदस्य हरुलाई नेता ढकालले अनुरोध समेत गरेका छन ।

कोटिहोमधाम धार्मिक विकास समितिमा ३१ जनाको कार्य समिति रहने विधान रहेको छ । जसमा २३ जना निर्वाचन वाट निर्वाचित हुने छन भने बाँकी ८ जनालाई निर्वाचित समितिले मनोनित गर्ने छ ।