सुरुङ्गा जेसीजको इतिहासमै फरक कार्यक्रम गरि सम्पन्न भयो जेसीज सप्ताह

ठोस खबर / स्थापना काल देखिनै बिभिन्न सामाजिक कार्य गर्दै समाज रुपान्तरणमा उत्तरदायी भूमिका खेल्दै आएको सुरुङ्गा जेसीजले यसपटकको जेसिस सप्ताह भने फरक ढङ्गले मनाएको छ ।
भदौ २२ गते बाट जेसीज भवनमा सुरुगरीएको जेसिस सप्ताहका कार्यक्रमहरु असोज ७ गते अाईतबार कनकाई नगर खुल्ला मावि स्तरिय वक्तृत्व कला प्रतियोगिता गर्दै सम्पन् गरिएको सप्ताह कार्यक्रम संयोजक जेसी रोहित कोईरालाले जानकारी गराउनु भयो ।
बालबालिकालाई अाजको समाजको अावश्यकता अनुसार रुपान्तरण कसरी गर्न सकीन्छ ? उनी हरुलाई कसरी असल शिक्षा दिन सकीन्छ ? यसको लागी अाम अभिभावक र शिक्षकको भुमिका कस्तो रहनु पर्छ ? जस्ता धेरै महत्त्वपूर्ण विषयलाई समेट्दै सुरुङ्गा जेसीजले यसपटकको जेसीज सप्ताह कार्यक्रम गरेको सुरुङ्गा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी प्रविन तिम्सिनाले वताउनु भयो ।

“सबैका लागि जेसीज , सधैंका लागि जेसीज” मुल नारा लिएर जेसीजले निश्चित वर्गको लागि मात्रैकाम गर्छ भन्ने भ्रमलाई चिर्दै यस वर्ष सुरुङ्गा जेसीजले स्थापना कालदेखि गर्दै अाएका कार्यक्रम भन्दा फरक किसीमका कार्यक्रम गरेको अध्यक्ष तिम्सिनाले जानकारी गराउनु भयो ।
सप्ताह कार्यक्रमहरुमा यस बर्ष सुरुङ्गा जेसीजले जेसीज संगसगै प्यारागन एकाडेमी साथै जेसीज संगसगै ग्लोबल एडुकेयर नारा उद्घोष गर्दै प्यारागन एकाडेमीका र ग्लोबल एडुकेयरका अभिभावकहरूलाई लक्षित गरी छुट्टाछुट्टै कार्यक्रमको अायोजना गरी जेसीजकी राष्ट्रिय प्रशिक्षक सपना प्रसाईं अोडारी द्वारा अभिमुखीकरण तालिम प्रदान , नारिहरुको महान चाड हरितालीका (तिज) को अवसरमा सुरुङ्गामा तिज विशेष कार्यक्रम गरिएको सप्ताह संयोजक रोहित कोईरालाले जानकारी गराउनु भयो । त्यस्तै नगरभरिका निजी बिद्यालयका १ सय ७ जना शिक्षकहरुलाई एनएल प्राक्टीसनर तथा विराटनगर जेसीजका पुर्व अध्यक्ष सेवक बजगाँई द्वरा प्रशिक्षणको कार्यक्रम समेत गरिएको संयोजक कोइरालाले वताउनु भयो ।
सप्ताहको अन्तिम कार्यक्रम अाईतबार जेसिज सभाहलमा कनकाई नगर खुल्ला मावि स्तरिय वक्तृत्व कला प्रतियोगिता गर्दै सम्पन्न गरिएको छ ।
कार्यक्रममा नगरभरिका निजी र सामुदायिक गरि १३ बटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थीयो । प्रतियोगितामा प्यारागन एकाडेमी कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या खतिवडा प्रथम , हरिकुल अंग्रेजी बिद्यालय कक्षा १० मा अध्ययनरत बिद्यार्थी नुमा शेर्मा द्वितीय र पशुपति अंग्रेजी विद्यालय कक्षा ९ मा अध्ययनरत बिद्यार्थी प्राप्ती गौतम तृतीय हुनु भएको थियो । प्रतियोगितामा निर्णायकको जिम्मेवारी सुर्य अधिकारी र बालकृष्ण सीटौलाले सम्हाल्नु भएको थियो ।

प्रतीयोगीतामा प्रथम , द्वितीय र तृतीय हुने प्रतीयोगीलाई कनकाई चेम्बर अफ कमर्सका अध्यक्ष मिनाल तिम्सिनाले स्पोन्सर गर्नुभएको नगद पुरस्कार क्रमशः ५ हजार , ३ हजार र २ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी प्रविन तिम्सिनाको अध्यक्षतामा भएको अौपचारि सप्ताह समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जेसिजले गरेको कामको प्रसंशा गर्दै अागामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेल , रोटरि क्लब सुरुङ्गाका अध्यक्ष शिव कडेल , जेसीजका पुर्व अध्यक्ष कुमारमणि पोखरेल , यदुका उप्रेती लगायतले आ- आफ्नो धारणा राख्नुभएको थियोे ।
वक्तृत्व कला तथा समापन कार्यक्रम संयोजक प्रतापबाबु जम्मरकट्टेलले अौचित्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत जेसीज सप्ताह कार्यक्रम संयोजक रोहित कोइरालाले गर्नुभएको थियोे। कार्यक्रमको संचालन महासचिव जेसी दीपेन्द्र प्रधानले गर्नुभएको थियोे ।
