ठोस खबर / मोरङ्गको झोराहाट स्थित झोराहाट नाट्य समुहले झापाका समाज सेवी ब्यक्तितब शेरबहादुर थापा साथै साहित्यकार छवि बैरागी घिमिरे लाई सम्मान गरेको छ ।

समुहले शनिबार झोराहाट स्थित समुहको नाट्य घरमा अायोजित विशेष कार्यक्रममा साहित्य , कला तथा संस्कृतिको संरक्षणमा लागेका जोकोहीलाई पनि उर्जा दिदै अाउनु भएका , कोभिड हीरो नामले समेत चिनिदै अाउनुभएका समाजसेवी शेरबहादुर थापालाई उहाले गर्नु भएको सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो । तेस्तै लामो समय देखि निरन्तर साहित्य र विभिन्न सामाजिक संस्थामा अावद्ध रहि सामाजिक क्षेत्रमा सक्रिय रहदै अाउनु भएका साहित्यकार , समाजसेवी छवि बैरागी घिमिरे लाई पनि समुहले सम्मान गरेको छ ।

सम्मानित द्वयलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डम्बरु बल्लभ भण्डारी , समुहका अध्यक्ष भरत गुरागाई लगायतले दोसल्ला अोडाएर सम्मान पत्रद्वार सम्मान गर्नु भएको थियो ।

यसैबीच समुहको नियमित कार्यक्रम अन्तर्ग झोराहाट नाट्य समुहको प्रस्तुतिमा झोराहाट साहित्य कार्यक्रम समेत गरिएको थियो । यश पटकको कार्यक्रममा श्रष्टाहरु राधा भट्टराई , श्रृष्टि सावित्रा , किरण शिवा , राज भट्टराई र ऋषि तिवारिका सृजनाहरु श्रष्टा स्वयंको अावाजमा सुन्ने अवसर उपस्थित साहित्यकार साहित्यानुरागी लाई प्राप्त भएको थियोे भने कार्यक्रममा साहित्यकार भरत गुरागाईको कृति “ढुंगाको मुर्ति” बिमोचन समेत गरिएको थियोे ।

झोराहाटमा १० बर्ष अगाडि स्थापना भएको झोराहाट नाट्य समुहले स्थापना काल देखिनै नाटक प्रदर्शन गर्दै अाईरहेको र हाल सम्म २७ वटा नाटक मञ्चन गरिसकेको समुहका अध्यक्ष भरत गुरागाईले वताउनु भयो । त्यसै गरि झोराहाट नाट्य समुहकै प्रस्तुतिमा स्थापना काल देखिनै हरेक महिनाको दोस्रो शनिवार विषेश साहित्यिक कार्यक्रम गर्दै अाएको र कोरोना कालमा केही समय स्थगित गरिएको भए पनि हाल सम्म ७० अौं श्रृङखला भन्दा वढी कार्यक्रम गरिसकेको र साहित्य कार्यक्रम लाई समेत निरन्तरता दिदै अाएको अध्यक्ष गुरागाईले वताउनु भयो ।

झोराहाट नाट्य समुहका सदस्य देवकोटा निर्विरोधको अध्यक्षता तथा संस्थाका अध्यक्ष भरत गुरागाईको सञ्चालनमा भएको कार्यक्रममा साहित्यकार देवि पन्थी , अच्युत अाचार्य , नानुमैया दाहाल ( सुवेदी ) , लिलानाथ सिलवाल , शंकर सुवेदी , भगवती ढुङ्गेल , अन्जु अश्रु , कान्ता भट्टराई , अायुष कोईराला , बाबुराम पोखरेल , राम बाबु दाहाल , रिदिमा घिमिरे , अंकित थापा , माधव प्रसाद खतिवडा , पुष्पा सायरा , ईन्द्र राई , युवराज दाहाल , अतुल पोखरेल , रामु अधिकारी , दिङ्लाली कान्छो , चुडामणि वास्तोला लगायत झापा , मोरङ्ग र सुनसरीका श्रष्टा सर्जकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।