कोटिहवनमा दलका साझा उमेदवार लाई उछिन्दै स्वतन्त्रका शेरबहादुर थापा बिजयी

ठोस खबर / झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको श्री कनकाईधाम धार्मिक विकास संस्थाको आगामी तीन बर्षे कार्यसमिति चयनका लागी भएको निर्वाचनमा स्वतन्त्रबाट अध्यक्ष पदमा उमेदवारी दिएका शेरबहादुर थापा बिजयी भएका छन ।
थापाका प्रत्यासी उमेदवार नेकपा एमाले, कांग्रेस, माओवादी राप्रपा, नेकपा एस लगायातको पार्टीका तर्फबाट साझा उमेदवार नरेन्द्रकुमार फुयाँललाई १४७ मत अन्तरले हराउदै थापा विजयी भएका हुुन । थापाले ५२३ मत ल्याउदा फुुयालले ३७६ मत मात्र ल्याएपछि थापा १४७ मतान्तरले बिजयी बनेका हुन । थापा यस क्षेत्रमा समाज सेवीको रुपमा परिचित स्वतन्त्र ब्यक्ति हुन भने फुयाल यसअघिको कार्यसमितिका कोषाध्यक्ष हुन ।
त्यसैगरी महा सचिवमा स्वतन्त्र प्यानलकै उमेद्वार दिनानाथ खतिवडा बिजयी बनेका छन । खतिवडाले उनका प्रत्यासी उमेदवार कृष्णप्रसाद घिमिरेलाई १३ मतान्तरले पछी पार्दै बिजयी भएका हुन खतिवडाले ४३५ मत ल्याउदा दलका साझा उमेदवार घिमिरेले ४२२ प्राप्त गरेका छन ।
अध्यक्ष र महासचिवमा स्वतन्त्रका थापा र खतिवडा बिजयी भईरहदा वाकी सबै पदाधिकारी पदमा दलका साझा उमेदवार विजयी भएका छन । बरिष्ठ उपाध्यक्षमा दलका साझा उमेदवार निर्मल खतिवडा ४८२, धार्मिक उपाध्यक्षमा प्रकाश थापा ४८१, पर्यटन उपाध्पक्षमाअम्बिका खरेल ४९४, सचिवमा यमनाथ खतिवडाले ४७९, कोषाध्यक्षमा मानबहादुर पौडेल ४९९ मत ल्याउदै बिजयी वनेका छन भने स्वतन्त्र तर्फबाट वरिष्ठ उपाध्यक्ष डिल्लीराम बाह्रकोटीले ३८६, धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवालले ३७६, पर्यटन उपाध्यक्षमा रामप्रसाद अधिकारीले ३६७ सचिवमा युवराज पौडेलले ३३३ कोषाध्यक्षमा अम्बिका चापागाईले ३१८ मत प्राप्त गरेका छन ।
त्यसै गरि एकल रुपमा सचिव पदमा उमेद्वारी दिएका अर्जुनकुमार बस्नेतले ५३ मत प्राप्त गरेका छन ।
जम्मा मतादाता सङ्ख्या ११२८ रहेकोमा ९२६ जनाले मतदान गरेका थिए । हाल पदाधिकारी तर्फको मतगणना सकिएको छ भने सदस्य तर्फको मत गणना धमाधम भईरहेको छ ।
निर्वाचन समितिलेभने सदस्य तर्फको समेत मतगणना सम्पन भएपछि मात्र अाधिकारिक घोषणा गरिने बताएकोछ ।
३१ जनाको कार्य समिति रहने संस्थामा २३ जना निर्वाचित हुने र ८ जना निर्वाचित समितिले मनोनित गर्ने प्रावधान रहेको छ ।