कोटिहवनको अध्यक्षमा थापा बिजयी , अन्य पदमा को को भए विजयी (सबैले प्राप्त गरेको मत सहित)

ठोस खबर / पुर्वको प्रसिद्ध धार्मिक स्थल झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको कनकाईधाम धार्मिक विकास संस्थाको आगामी तीन बर्षे कार्यसमिति चयनका लागी सोमवार भएको निर्वाचनमा स्वतन्त्रबाट अध्यक्ष पदमा उमेदवारी दिएका शेरबहादुर थापा बिजयी भएका छन ।
थापाका प्रत्यासी उमेदवार नेकपा एमाले, कांग्रेस, माओवादी राप्रपा, नेकपा एस लगायातको पार्टीका तर्फबाट साझा उमेदवार नरेन्द्रकुमार फुयाँललाई १४७ मत अन्तरले हराउदै थापा विजयी भएका हुुन । थापाले ५२३ मत ल्याउदा फुुयालले ३७६ मत मात्र ल्याएपछि थापा १४७ मतान्तरले बिजयी बनेका हुन । थापा यस क्षेत्रमा समाज सेवीको रुपमा परिचित स्वतन्त्र ब्यक्ति हुन भने फुयाल यस अघिको कार्यसमितिका कोषाध्यक्ष हुन ।
त्यसैगरी महा सचिवमा स्वतन्त्र प्यानलकै उमेद्वार दिनानाथ खतिवडा बिजयी बनेका छन । खतिवडाले उनका प्रत्यासी उमेदवार कृष्णप्रसाद घिमिरेलाई १३ मतान्तरले पछी पार्दै बिजयी भएका हुन खतिवडाले ४३५ मत ल्याउदा दलका साझा उमेदवार घिमिरेले ४२२ प्राप्त गरेका छन ।
अध्यक्ष र महासचिवमा स्वतन्त्रका थापा र खतिवडा बिजयी भईरहदा वाकी सबै पदाधिकारी पदमा दलका साझा उमेदवार विजयी भएका छन । बरिष्ठ उपाध्यक्षमा दलका साझा उमेदवार निर्मल खतिवडा ४८२, धार्मिक उपाध्यक्षमा प्रकाश थापा ४८१, पर्यटन उपाध्पक्षमाअम्बिका खरेल ४९४, सचिवमा यमनाथ खतिवडाले ४७९, कोषाध्यक्षमा मानबहादुर पौडेल ४९९ मत ल्याउदै बिजयी भएको निर्वाचन समितिका संयोजक हरिप्रसाद तिम्सिनाले जानकारी गराएका छन ।
त्यस्तै उपविजेता बनेका स्वतन्त्र तर्फबाट वरिष्ठ उपाध्यक्ष डिल्लीराम बाह्रकोटीले ३८६, धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवालले ३७६, पर्यटन उपाध्यक्षमा रामप्रसाद अधिकारीले ३६७ सचिवमा युवराज पौडेलले ३३३ कोषाध्यक्षमा अम्बिका चापागाईले ३१८ मत प्राप्त गरेका छन ।
त्यसै गरि एकल रुपमा सचिव पदमा उमेद्वारी दिएका अर्जुनकुमार बस्नेतले ५३ मत प्राप्त गरेका छन ।
सदस्य तर्फ भने दलको साझा प्यानलबाट उमेदवारी दिएका उमेदवार हरुको सेटनै विजयी भएका छन । विजयी हुने सदस्य हरु भरत संग्रौलाले ४९५, गायत्रा बुढाथोकी चौहानले ५०८, अम्बिकादेवी रिजालले ५५५, धनपति चापागाईँले ५०८, नरपति पाठकले ४७४, गंगाराम नेपालले ४७५ ,गणेशप्रसाद पोखरेलले ५०१ , गोपाल खरेलले ४९२, डिल्लीराम पाठकले ५०७, खगमाया चापागाईं (संग्रौला) ले ४५६, टिकाराम निरौलाले ४६६, अर्जुनकुमार गिरी ५१७ , रत्ना खड्का ४७७, मेघराज मगरले ४४९, मनोजकुमार पोखरेलले ४९१ र सोमनाथ खतिवडाले ५०० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपविजेता वनेका , स्वतन्त्र वाट उमेदवारी दिएका सोमनाथ गौतमले ३६६, लक्ष्मीप्रसाद निरौलाले ३६५ , मोहन राजवंशीले ३४७ ,विन्दुराज दहालले ३५८ , हरिप्रसाद तिम्सिना ( मेचीकाली) ले ३८४, चेतप्रसाद भट्टराईले ३६७ , दधिराम न्यौपानेले ३५९ , बासुदेव रिजालले ३७४ , माधव पोखरेलले ३७९, लिलाप्रसाद अधिकारीले ३५२, भिष्मप्रसाद पौडेलले ३४२ र बासुदेव निरौलाले ३४७ मत प्राप्त गरेको पनि निर्वाचन समिति संयोजक तिम्सिनाले जानकारी गराएका छन ।
सोमबार भएको निर्वाचनमा जम्मा मतादाता सङ्ख्या ११२८ रहेकोमा ९२६ जनाले मतदान गरेका थिए । मतगणना मंगलबार वेलुका ८ बजे सम्पन्न भएको थियो । ३१ जनाको कार्य समिति रहने संस्थामा ७ पदाधिकारी र १६ सदस्य गरि २३ जना निर्वाचित हुने र ८ जना निर्वाचित समितिले मनोनित गर्ने प्रावधान रहेको छ ।
फोटो: निर्वाचित कार्य समितिको