न्यु रेलीमाई युवा क्लबको अायोजनामा तुलसीबारीमा २५ गते देखि प्रदेश स्तरीय फुटबल प्रतियोगिता हुने

ठोस खबर / न्यु रेलीमाई युवा क्लबको अायोजनामा झापाको कनकाई नगरपालिका ५ तुलसीबारीमा यहि २५ गते देखि प्रथम प्रदेश स्तरीय खुल्ला नकअाउट फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक न्यु रेलिमाई युवा क्लबले बुधबार तुलसीबारीमा पत्रकार सम्मेलन गर्दै बडादसैँको अवशर पारेर क्लवले देवकोटा प्राविको खेल मैदानमा यही असोज २५ गते देखि कार्तिक ४ गते सम्म प्रतियोगिता संचालन गर्न लागेको जानकारी दिएको हो ।
तुलसीवारीको पहिचानलाई विश्वभर फैलाउन मद्धत गर्ने विश्वासका साथ अायोजना गरिएको प्रतियोगितामा आयोजक टिम न्यु रेलिमाई युवा क्लब तुलसीबारी सहित काकरभिट्टा टुल्केनी स्पोर्ट्स क्लब , रेडहर्स स्पोर्ट्स क्लब ईलाम , एपीएफ पुर्वाञ्चल पकली , कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर , न्यु स्टार विर्तामोड , काजीमान फुटबल क्लव चन्द्रगडी र वेलवारी फुटबल क्लब मोरङ गरि प्रदेशका चर्चित ८ टिमको सहाभागिता रहने न्यु रेलीमाई युवा क्लबका अध्यक्ष मोतिखर ओझाले बताउनुभयो ।
प्रतियोगितामा विजेतालाई नगद १ लाख एक हजार र उपविजेतालाई नगद ७५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको बताउदै खेलका नियम बारे न्यु रेलीमाई क्लबका संस्थापक अध्यक्ष पुर्ण लिम्बुले जानकारी गराउनु भयो । प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई समेत पुरस्कार प्रदान गरिने र प्रतियोगितामा भाग लिएका क्लबहरुलाई फेयरको समेत व्यवस्था गरिएको पनि लिम्बूले जानकारी गराउनु भयो।
करिव नौ लाखको लागतमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगिताका लागि कनकाई नगरपालिका , कनकाई नगरपालिका वडा नम्बर ५ साथै स्थानीय र न्यु रेलिमाई युवा क्लबबाट आर्थिक ब्यवस्थापन गरिने अायोजकले जानकारी गराएको छ । प्रतियोगिता सम्पन्न गर्न खेलकुद ब्यवस्थापन उप समिति , अार्थिक उपसमिति , प्रचारप्रसार उप समिति लगायतका विभिन्न उपसमिति वनाई जिम्मेवारी प्रदान गरिसकेको पनि अायोजकले जानकारी गराएको छ ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्ण राईले कनकाई नगरपालिका क्षेत्रमा हाल ठुलो प्रतियोगिता नभईरहेको बेला यस प्रतियोगिताले यस क्षेत्रको चिनारीलाई विश्वसामु पुर्याउन र विश्वव्यापी लोकप्रिय खेल क्षेत्रको समेत विकासमा मद्धत मिल्ने बताउँनुभयो । कनकाई नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष राईले प्रतियोगिता सफल पार्नु हरेक नगरवाशीको कतव्य हुने भन्दै वार्ड र सिंगो नगर समिति समेत लागिपर्ने बताउँनुभयो ।
पत्रकार सम्मेलनमा समाजसेवी शेरबहादुर थापाले प्रतियोगिता सफल पार्नु प्रत्येक नागरिकको कतव्य रहने भन्दै प्रतियोगिताले कनकाई नगरपालिका र तुलसीवारी क्षेत्रको गरिमालाई उच्च बनाउँने विश्वास व्यक्त गर्दै अाफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा न्यु रेलिमाई क्लवका पुर्व अध्यक्षहरु रमेश दाहाल, रुद्र श्रेष्ठ, कनकाई नगरपालिका ५ का वडासदस्यहरु डिल्ली उप्रेती, गोविन्द कार्की लगायातको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा सहजिकरण देवकोटा अाधारभुत बिद्यालय तुलसीबारीका प्रअ उमानाथ तिमसिनाले गर्नुभएको थियोे ।
