ठोस खबर / झापाको कनकाई नगरपालिका ३ (साविक सुरुङ्गा ५) मा यस क्षेत्रमै पहिलोपटक २०५७ सालमा यहाँका २५ जना व्यवसायीहरुबाट प्रति व्यक्ति १० हजारका दरले शेयर रकम जम्मा गरी स्थापना भएको भगवती बचत तथा ऋण सहकारी संस्थाले २३ अौं बर्ष पूरा गरिसकेको छ ।

यसै विच स्थापना काल देखिनै बैंकीङ्ग कारोबारका साथै समाज र शेयर सदस्य प्रति उत्तरदायी बन्दै विभिन्न सामाजिक कार्यमा सहभागी बन्दै अाएको संस्थाले बिहिवार कनकाई उद्योग वाणिज्य संघको सभाहलमा संस्थाको २३ अौं बार्षिक साधारण सभा सम्पन गरेकोे छ ।

कार्यक्रममा भगवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा सभाका अध्यक्ष खेमप्रसाद प्रसाईंले अार्थिक बर्ष २०७९/२०८० असार मसान्तसम्ममा १६ सय ६१ शेयर सदस्य रहेको संस्थामा कुल शेयर पूँजी ३ करोड ८६ लाख ४४ हजार सात सय , कुल बचत १४ करोड १२ लाख २५ हजार पाच सय सतासी , कुल ऋण लगानी १७ करोड २३ लाख ५८ हजार चारसय साठी , कुल खर्च २ करोड ३० लाख ९६ हजार नौसय तेह्र , कुल अाम्दानी २ करोड ८६ लाख ५ हजार चारसय एकसट्ठी , नाफा ५५ लाख ८ हजार पाचसय सड्चालिस र कुल सम्पत्ति २३ करोड ५७ लाख ३० हजार एकसय चौरहतर कुल कारोवार सहितको संस्थाको भावि निति तथा कार्यक्रमहरु सभामा प्रस्तुत गर्दै अार्थिक बर्ष २०८०/२०८१ को बार्षीक कार्ययोजना सहितको सांगठनिक गतिविधि समेत समेटिएको सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा संस्थाले अार्थिक बर्ष २०७९/२०८० मा गरेको कारोबारको निरिक्षण गरी प्राप्त कैफियत , टिप्पणी साथै राय सुझाव सहितको अान्तरिक लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक लिलाप्रसाद उप्रेतीले प्रस्तुत गर्नु भयो ।
सभाको बन्द सत्रमा अध्यक्षको प्रतिवेदन र अान्तरिक लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन माथी व्यापक छलफल पछि दुवै प्रतिवेदन सभाले पारित समेत गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले संकटको बेला पनि यस सहकारी बाट दिइदै अाएको सेवासुविधालाई सहकारीले निरन्तरता दिन सक्नु नै सहकारीको ठुलो उपलब्धि भएको बताउनु भयो । पोखरेलले सहकारिहरुले गर्ने सामाजिक कार्य हरु गर्दा नगरपालिका र सहकारी बिच सहकार्य गरेर गर्न सके अझ राम्रो र प्रभावकारी हुने वताउदै भगवती सहकारी नमुना सहकारी बन्न सकोस भन्ने शुभकामना शुभेच्छा समेत व्यक्त गर्नुभयो ।

तेस्तै कार्यक्रममा बिशेष अतिथि झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्फा खनाल सुवेदी , अतिथि सुरुङ्गा कनकाई सहकारिका अध्यक्ष प्रेम प्रकाश चुडालले शुभकामना मन्तव्य राख्दै संंथाले ल्याएको सामाजिक र शेयर सदस्य केन्द्रीत कार्यक्रमले संस्था समाज र शेयर सदस्य प्रती उत्तरदायी छ भन्ने प्रष्ट देखीएको बताउदै यसलाई निरन्तरता दिदै थप प्रभावकारी वनाउदै लान सुझाउनु भयो ।

कार्यक्रममा कनकाई नगरपालिकाका सहकारी प्रमुख हरी प्रसाद पौडेल , विभिन्न सहकारी तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु छवि थपलिया , तेज वहादुर प्रधान, रमेश प्रसाद संग्रौला , संस्थाका संस्थापक अध्यक्ष तिल चन्द्र उप्रेती लगायतको अातिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई संस्थाका उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वागत गर्नुभएको थियो भने सन्चालन संस्थाका सचिव लिलाप्रसाद भेटवालले गर्नुभएको थियो ।