प्रहरीद्वारा भारतिय माछा बरामद गरि नष्ट

शरणामती / झापा गाउँपालिकामा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको भारतीय माछा बरामद गरी प्रहरीले नष्ट गरेको छ ।
शरणामती प्रहरी चौकी पन्थापाडाबाट प्रहरी सहायक निरिक्षक धर्मेन्द्र कुमार मण्डलको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको जिउँदो मुङ्ग्री जातको अन्दाजी ३० केजी माछा आइतबार दिउँसो ४ बजे झापा-५ को राजबंशी टोलबाट बरामद गरेको थियो ।
शरणामती प्रहरी चौकी पन्थापाडाको परिसरमा जनप्रतिनिधि तथा नागरिक समाजको उपस्थितिमा ती माछा खाल्डोमा पुरेर नष्ट गरेको प्रहरीले जनाएको छ ।
