कनकाई वनको २२ औं टोल प्रतिनिधि भेला सम्पन्न , असोज ३० मा २५अौं साधारण सभा गर्ने

कनकाई / झापाको कनकाई नगरपालिका स्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहले असोज ३० मा २५अौं साधारण सभा गर्ने निर्णय सहित २२ औं टोल प्रतिनिधि भेला सम्पन्नगरेको छ ।
वन समुहको सभाहलमा सम्पन्न वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा वनका अध्यक्ष ख्याम ओलीले वन संरक्षण समिति लगायत दशौं कार्यसमितिको प्रथम वर्षको कार्यक्रमको समिक्षा साथै दोस्रो वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यस्तै अध्यक्ष ओलीले आर्थिक वर्ष २०७९ \ २०८० मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट संचालन गरिने नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्ष २०८० \ ०८१ मा विभिन्न शिर्षकबाट आम्दानी र खर्च समेतको अनुमानित आय व्यय ९० लाख २१७ रुपैयाँको वार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन भेलामा अध्यक्षले प्रस्तुत गरे ।
त्यसैगरी वन समुहका कोषाध्यक्ष तथा बजेट एवं कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समुहको २०७९ श्रावण १ गते देखि २०८० असार मसान्त सम्मको रु.९५ लाख १९ हजार १०७ बराबरको आयव्यय विवरण प्रस्तुत गरे ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , विशेष अतिथि कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाका शुरेस कुमार खनाल, वन समुहका पुर्व अध्यक्ष एवं सल्लाहकार नारायण ओली, सल्लाहकार भीष्म मैनाली लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरी दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियोे ।
कार्यक्रममा उपस्थित अतिथी साथै सम्पूर्ण वन समुहमा आवद्ध प्रतिनिधिहरुलाई स्वागत वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले गरेका थिए भने संचालन समुहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।
