काठमाडोँ / शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा‍.लोकविजय अधिकारीले जानकारी दिएका छन ।

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोट र रुकुम पश्चिममा ८० जनाभन्दा बढिको मृत्यु भएको बताइएको छ ।

भूकम्पमा परेकाको खोजी जारी रहेको र मृतकको संख्या बढ्नसक्ने जाजरकोट र रुकुम पश्चिमजिल्लाका सीडीओले जनाएका छन् । भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन् । भुकम्पले सडक अवरुद्घ हुदा उद्धारकार्यमा समेत समस्या भएको बताइएको छ ।