ठोस खबर / कनकाई नदिको पुर्वी कीनारमा गरिदै अाएको छठ पुजा विगतका बर्षझै यस बर्ष पनि विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाइने भएको छ ।

सध‌ैकोझै कनकाई छठ सेवा समाजको अायोजनामा यस बर्षको छठ पुजा पनि विभिन्न सास्कृतिक कार्यक्रमका बिच सम्पन्न गरिने पुजा तथा कार्यक्रम स्थल कनकाई नदिको पुर्वि किनारमा कनकाई छठ सेवा समाजले विहिवार गरेको पत्रकार भेटघाट कार्यक्रममा समाजका अध्यक्ष विजय शर्माले जानकारी गराएका छन ।

कार्यक्रम सफल रुपमा सम्पन गर्न समाजका बरिस्ठ उपाध्यक्ष मुना शाहको संयोजनमा १९ सदस्यीय मुल कार्यक्रम अायोजक समिति साथै विभिन्न उपसमितिहरु मञ्च व्यवस्थापन उपसमिति , अतिथि सत्कार उपसमिति , मन्दिर व्यवस्थापन उपसमिति , घाट र स्वयंसेवक व्यवस्थापन उपसमिति , महिला उपसमिति , प्रसाद व्यवस्थापन उपसमिति र सांस्कृतिक उपसमिति गरी ७ वटा उपसमिति समेत वनाई जिम्मेवारी सुम्पिसकेको र सवै समितिहरु अाअाफ्नो जिम्मेवारी सम्हाल्दै कार्यक्रमको तयारीमा जुटेको समाजका महासचिव रविन गुप्ताले वताए ।

अायोजकले पुजाको लागी नदिकीनारमा ७० वटा घाट निर्माण गर्ने र ति घाटहरुमा पुजा गर्नेहरुलाई कुनै शुल्क नतोकीएको हुदा अाफुले सकेको सहयोग समाजलाई गरि पुजा गर्न सक्नेे घाट र स्वयंसेवक व्यवस्थापन उपसमितिका संयोजक श्याम पञ्जियारले जानकारी गराएका छन । मंसिर १ गते शुक्रबार विहान ८ बजे सुरुङ्गा बजार वाट पुजा स्थल कनकाई घाट परिसर सम्म सरसफाइ कार्यक्रम राखिएको र सरसफाइ पछि घाट छनौटको कार्यक्रम सोही स्थानमा गरिने पनि पञ्जियारले वताएका छन।

छटको पुर्व सन्ध्यामा मंसिर २ गते खर्ना पुजा र मंसिर ३ गते सास्कृतिक बाजागाजा , झाकी तथा झण्डा ब्यानर सहित ११:३० बजे सुरुङ्गा दुर्गा मन्दिर बाट शान्ति -याली सुरु गरि बजार परिक्रमा गर्दै १:३० बजेसम्ममा पवित्र कनकाई माई किनारमा पुगी अौपचारिक कार्यक्रमको उद्घाटन गर्ने गरि तयारीमा लागेको कार्यक्रम संयोजक शाहले वताएका छन ।

छट पुजा सहित अायोजना हुने सांस्कृतिक कार्यक्रममा भक्तजनहरुले विभिन्न जातजातिको झाँकी , मैथिली समुदायका विभिन्न प्रस्तुतिहरुको वेलुका ९ बजे सम्म मनोरञ्जन लिन सक्नेछन ।
यस पटक साझको पुजा सहित साझ ७:३० बजे गंगा अारति समेत गरिने समाजकी सचिव मञ्जु प्रधानले जानकारी गराएकी छन ।

अाउदो अाईतबार ( मंसिर ३ गते ) साझ व्रतालुले नदि किनारमा पुगी सुर्य देवताको पुजा अारधना गरी अस्ताउदो सुर्यलाई अर्घ दिई रातभर उपसना गरी ४ गते सोमबार उदाउदो सुर्यलाई अर्घ दिई प्रसाद ग्रहण गरे संगै यस वर्षको छट पुजा सम्पन हुने छ ।