ठोस खबर / लवप्रसाद बालगृह तथा लव ओली स्मृति ग्रन्थ प्रकाशन समितिले शुक्रबार एक समारोहबीच लवप्रसाद प्रतिमा अनावरण तथा लव ओली स्मृति ग्रन्थ लोकार्पण गर्नुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

लवप्रसाद बालगृह तथा लव ओली स्मृति ग्रन्थ प्रकाशन समितिले कनकाई २ स्थित जामुनबारी सामुदायिक वनको सभाहलमा एक कार्यक्रम गरि कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , विशिष्ट अतिथिहरु कोशी प्रदेशका पुर्व मुख्य मन्त्री उद्घव थापा , साहित्यकार यज्ञराज प्रसाईं , प्राज्ञ नरनाथ लुईटेल लगायतको बाहुलीबाट जामुनबारी पर्यटकीय क्षेत्रमा स्थापना गरिएको लवप्रसाद ओलीको प्रतिमा अनावरण गरेको हो ।

शैक्षिक एवं सामाजिक ब्यक्तित्व , कलाकार स्वर्गीय अोलीको प्रतिमा अनावरण पछी लव अोली सङ्गका विभिन्न समयको स्मृतिमा लेखक , साहित्यकार साथै अोली परिवारले तयार पारेको स्मृति ग्रन्थको समेत कार्यक्रमका प्रमुख अतिथि , विशिष्ट अतिथि , विषेश अतिथी तथा अतिथिहरुले लोकार्पण गर्नु भएको थियो ।

स्वर्गीय अोलीको प्रतिमा अनावरण तथा स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमकै अवसरमा लवप्रसाद बालगृह तथा लव ओली स्मृति ग्रन्थ प्रकाशन समितिले शैक्षिक , सामाजिक , साहित्य , कलाकारिता तथा संगीत क्षेत्रमा योगदान दिदै अाउनुभएका ७ जना व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।
समितिले शैक्षिक क्षेत्रमा योगदान दिनुहुने शिक्षासेवी घनेन्द्र शर्मा न्यौपाने , डिल्लीराज नेपाल , साहित्यकार एवं शिक्षासेवी हरिनारायण भट्टराई , गायक तथा संगीत प्रशिक्षक तुलसा तिम्सिना पाठक , विशाल राई , कलाकार मुर्तिकार हिम्मत नेम्वाङ , समाजसेवी समाजिक अभियान्ता गणेश ढुङ्गानालाई सम्मान गरेको हो ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि , विशिष्ट अतिथि , विषेश अतिथी तथा लव अोलिकी धर्मपत्नी दुर्गा अोली , छोरी उषा अोली लगायतले सम्मान पत्र र नगद सहित दोसल्ला अोडाएर सम्मान गर्नु भयो ।

स्मृति ग्रन्थका सम्पादक डा पुण्य प्रसाद सिग्देलले कार्यक्रमको अौचित्य माथी प्रकाश पार्दै यस्ता स्मृति ग्रन्थले तत्कालीन अवस्थाको चित्रण गर्ने र पुस्तान्तरण हुदै ईतिहासका सबै स्थितिलाई बोध गराउने बताउनु भयो ।
तेस्तै ग्रन्थको समीक्षा गर्दै प्राध्यापक विष्णुप्रसाद कोईरालाले कुशल प्रसाशक , शिक्षक , कलाकार , समाजसेवी स्वर्गीय लव अोलिको स्मृति ग्रन्थ एक ईतिहास भएको वताउनु भयो । जहाँ लव अोलिको योगदानको चर्चा संगै तत्कालीन अवस्थाको वारेमा समेत चर्चा भएको कोईरालाले बताउनु भयो । पारिवारिक चरित्रको मात्रै वर्णन नभई ग्रन्थमा परिवेशको समेत वर्णन भएकाले यस ग्रन्थबाट धेरैकुराको ज्ञान लिन सकिने पनि कोईरालाले वताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , विशिष्ट अतिथिहरु कोशी प्रदेशका पुर्व मुख्य मन्त्री उद्घव थापा , प्राज्ञ नरनाथ लुईटेल , हरिचरण शिवाकोटी साहित्यकार पुण्यप्रसाद खरेल , परिवारको तर्फवाट डा. कृष्ण अोली , पुण्य अोली , अधिवक्ता हरिप्रसाद उप्रेती , सम्मानितको तर्फबाट घनेन्द्र शर्मा न्यौपानेले स्वर्गीय लव अोलीलाई स्मरण गर्दै अोलिले अाफ्नो जिवनकालमा विभिन्न क्षेत्रमा दिनुभएको य‍ोगदानको प्रसंशा गर्नु भएको थियो ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व विशाल राई , तुलसा तिम्सिना पाठक साथै साहित्य चौतारीका संरक्षक देविभक्त श्रेष्ठ अोलि परिवारबाट विना अोली लगायतले गित प्रस्तुत गर्नु भएको थियो भने मिना अधिकारीले स्मृति ग्रन्थबाटै कविता वाचन गर्नुभएको थियोे ।

लव ओली स्मृति ग्रन्थ प्रकाशन समितिका अध्यक्ष अनिरुद्र अोलिको अध्यक्षतामा भएको कार्यक्रममा अोली परिवारका साथै साहित्यकार , शिक्षासेवी , समाजसेवी , बुद्धिजीवी , कलाकार साथै विभिन्न क्षेत्रमा बिज्ञ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत लव ओली स्मृति ग्रन्थ प्रकाशन समितिका उपाध्यक्ष बालकृष्ण सिटौलाले गर्नुभएको थियोे भने अोली परीवारको तर्फवाट लव अोलीका कान्छा भाइ जगदिश्वर अ‍ोलीले धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।