क्रोसिया पठाउने भन्दै सुरुङ्गाका युवाको करोडौ ठगि गर्ने सरदार पक्राउ


कनकाई / सुरुङ्गाका १ सय वढी युवाको रोजगारीका लागि क्रोसिया उडाइदिने भन्दै नाटक गरि करोडौ रुपैँया ठगि गर्ने युवा संजय सरदार शनिवार साझ बिराटनगबाट पक्राउ परेका छन ।
झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्याक्ति १ लाखदेखि ३ लाखका दरले रकम उठाएर मोरङ्ग पोखरीया घरभई हाल कनकाई नगरपालिका ३ कनकाई टोलको सिटौला थरीको घरमा डेरा गरि बस्ने ३९ बर्षिय संञ्जय सरदारलाई विराटनगरको कटहरीस्थित आदर्शनगरबाट शनिवार राती ९ बजेतिर पक्राउ गरेको हो ।

सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरि हाल जिल्ला प्रहरी कार्यायलय बिराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सरदारले त्यहाँका अन्य मानिसहरुलाई समेत विदेश राम्रो देश पठाइदिने भन्दै करोडौ रकम ठगि गरेको पाइएको र उनी हाल लुकिछिपी बस्दै आएको प्रहरीले बताएको छ । सरदारको ठगिको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, वैदेशिक रोजगारी विभाग, लगायातमा समेत उजुरी परेको छ ।
कनकाई ३ कनकाई टोलको एक घरमा डेरा गरि बस्ने सरदारले स्थानीय युवालाई आकर्षक तलवमा रोजगारीका लागि क्रोसिया पठाइदिने भन्दै रकम ठगेर गत साउन महिनाबाट वेपक्ता बनेका थिए । सरदारले रकम ठगि गर्नेहरुमध्ये २ महिला सहित १६ जनाको समुहलाई भारतको डिल्ली समेत पुर्याएर त्यहाँ मेडिकल र वायो मेट्रिक गराएको समेत नाटक गरेको स्थानीय सनम राईले बताए । भारतको डिल्लीमा त्यहिको अर्को ठगलाई बोलाएर आफुहरु वसेकै होटलमा आएर बायोमेट्रिक गराएको र नेपाल ल्याएपछि यीनिहरु चाडो उड्छन भन्दै गाउँका अन्य युवाहरुबाट १ लाखदेखि ३ लाखसम्म सुरुमा डकुमेन्ट बनाउन भन्दै रकम र पासर्पोट लिएको राईले बताए । दिल्लीमा पुगेर १६ जनाको समुह फर्किएपछि झन विश्वासमा परेर अधिकृतको जागिर सेना प्रहरीको जागिर समेत छाडेर गाउँले युवाहरुले रकम दिएको थिए ।

सरदारले १०० वढी युवाको यसरी रकम उठाएर एकाएक फरार बनेपछि आफुहरु ठगिएको थाहा पाएको अर्का पिडित युवा कनकाई नगरपालिका ३ का सुभास श्रेष्ठले बताए । उनले समेत आफुले विदेश जान भनेर खादै गरेको सरकारी जागिर समेत छाडेको बताए । सबैजना विदेश जाने भनेर पोइसा बुझाएको पाएपछि आफुले समेत ठगलाई विश्वासमा परेर रकम दिएको बताए । गाउँमै बसेको साथी हो गाउँले ज्वाई हो भनेर अधिकांसले रकम दिएको पाइएको छ । सरदारले झापा गाउँपालिकाकी दिक्षा गनगाईसग विवाह गरेर उनीलाई समेत सुरुङ्गामा डेरा राखेर सुरुङ्गा बजारमा ब्युटी पार्लर खोलिदिएका थिए । उनीभने कनकाई भेट्रान क्लवमा रहेर आफुपनि फुटबल खेल्ने गरेका थिए ।
सरदारले ठगि गर्नेहरुमा अधिकांस कनकाई माविको खेल मैदानमा विहान र वेलुकी फुटबल खेल्न आउने युवाहरु परेका छन । उनले पहिले त्यहाँ बल खेल्न आउने केहि युवालाई विश्वासमा पारेर उनीहरुलाई समेत रकम र पासपोर्ट उठाउन उक्साएको पिडितहरुको गुनासो रहेको छ ।
यसरी सरदारबाट ठगिनेहरुमा कनकाई ३ कनकाई टोलका सनम राई २ लाख ५० हजार, सुभास श्रेष्ठ भुतपुर्व सरकारी जागिरे समेत रहेकाबाट १ लाख ५० हजार, कनकाई ३ सुरुङ्गा बजारका बाबुलाल सोनीबाट १ लाख, सम्रात शिवाकोटीबाट २ लाख, विशाल राईबाट डेढ लाख, कनकाई २ जामुनवारीका सन्तोस श्रेष्ठबाट १ लाख ५० हजार, झापा गाउँपालिकाका गणेश कार्कीबाट १ लाख ५० हजार, रन्जित न्यौपानेबाट १ लाख ५० हजार , यसैगरि कनकाई नगरपालिकाका ३ नम्बर वार्ड तथा झापा गाउँपालिकाका विभिन्न युवाहरु महेश भट्टराई, दिलिप शाह, विकास गुरुङ्ग, विजय श्रेष्ठ, हर्क बोहोरा, भगिराज धिमाल, गोपाल बस्नेत, पवन मोते, इस्शाक अलि, पदम मगर, अश्मिन भुजेल, सुमन थापा, तुलसी पौडेल, सुदिप दाहाल, नगेन्द्र बोहोरा, प्रेम सिटौला, सुरेन्द्र थापा, भीम राजवंशी, अभिषेक परियार, केशव बिमली, मनोज अछामी, योगबहादुर तामाङ्ग, गोविन्द क्षेत्री, नगेन्द्रबहादुर बस्नेत, हेमसिंह श्रेष्ठ, मेघराज श्रेष्ठ, मोहन पोखरेल ,पदम प्रधान, श्रृजनाकुमारी थापा, तिलक राई, अभिचन्द्र श्रेष्ठ, देवकुमार आलेमगर, पदमसुन्दर गिरी, प्रकाश राई, डम्बरप्रसाद कट्टेल, किरण अधिकारी, प्रदिप अधिकारी, ज्ञानेन्द्र शेर्पा, कृष्णप्रसाद वास्तोला, राजन राजवंशी, प्रदिप राजवंशी, प्रदिप मिश्र, विशाल राई, जेन राई, रक्षा राई, जेन्स गुरुङ्ग, संयोग गुरुङ्ग, आकाश गुरुङ्ग, लक्ष्मी गुरुङ्ग, आनन्द लिम्बु, एलविस लिम्बु, आकाश श्रेष्ठ, चन्द्र गुरुङ्ग, पुण्य पौडेल लगायातबाट प्रतिव्याक्ति १ लाखदेखि ३ लाखसम्म रकम ठगेर फरार भएका हुन । सरदारले यसअघि समेत आफ्नो गाउँमा समेत गाउँलेलाई मोरङ्गमा ठगेर झापा सुरुङ्गा आएर अर्की श्रीमती बिहे गरेर डेरामा राखि युवालाई ठगि गरेको पाइएको हो । सरदारकी घरमा जेठी श्रीमती र छोराछोरी बाबु रहेको पाइएको छ । सुरुङ्गाका युवाले आफु ठगिएको भन्दै सामाजिक संञ्जाल र प्रहरी र जिल्ला प्रशासन कार्यालय झापामा उजुरी हालेपछि भने सरदारबाट ठगिनेहरुको सङ्ख्या बढनेक्रम जारी रहेको पाइएको थियो ।

यसरी सरदारबाट ठगिनेहरु सम्पर्कमा आउने गरेको हुदा उनीबाट हालसम्म ५ करोड बढी ठगिएको हुनसक्ने बताइएको छ । हाल उनकी कान्छी श्रीमती दिक्षा भने व्युटी पार्लर छाडेर दुबई पुगेको पाइएको छ । सरदार भने भारतमा तथा नेपालको काठमाण्डौ आसपास लुकेर बसेको पाइएको छ । उनी हाल घरमा रहेकी जेठी श्रीमतीसग सम्बन्ध विच्छेद गर्नका लागि विराटनगर आएको बखत पहिले ठगिमा परेका महिलाहरुद्धारा राम धुलाई हान्दै गरेको वेला प्रहरी चौकी हाटखोला विराटनगरको प्रहरी टोलीले उद्धार गरेर जिल्ला प्रहरी कार्यालय बिराटनगरमा ल्याएको हो ।
यता करोडौ ठगेर वेपक्ता बनेका सरदार पक्राउ परेपछि सुरुङ्गाका सयौ ठगिमा परेका युवाहरुले खुसी व्यक्त गरेका छन ।
सरदार हाल प्रहरी हिरासतमा रहेको र अाज आइतवारबाट आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङ बिराटनगरले जनाएको छ ।