काठमाडौँ / जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने निर्णय गरेको छ ।

राष्ट्र , राष्ट्रियता , धर्म संस्कृति र नागरिक बचाउ महाअभियान भन्दै मंसिर ७ गतेदेखि माइतीघरमा आन्दोलन गर्ने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको कारण देखाउँदै बल्खुमा गर्न भनेको हो ।

मंसिर ७ गते प्रसाई र नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रम जुधेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

माइतीघरमा कार्यक्रम गर्न नपाउने भएपछि युवा संघले भने तीनकुनेमा कार्यक्रम गर्ने जनाएको छ ।