इकम कलेजले बनाएको पृथ्वीनारायण शाहको शालिक ज्ञानेन्द्र शाहले अनाबरण गर्ने

ठोस खबर / झापाको बिर्तामोड १ पञ्चकन्यामा सञ्चालित इस्टन इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (इकम कलेज)ले कलेज परिसरमा निर्माण गरेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको पूर्णकदको शालिक पूर्व राजा ज्ञानेन्द्र शाहबाट अनावरण हुने भएको छ ।

आगामी मंसीर ९ गते शनिवार राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको सालिकको अनाबरण पृथ्वीनारायण शाहकै वंशज पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट गर्ने तयारी गरेको बुधबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
अाउदो पुस्तालाई नेपाल एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाह भएको एतिहास बोधगराउनका साथै शाहको ऐतिहासिक योगदानको सर्वत्र कदर गर्दै कलेजले राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको ५ फुट पूर्णकदको शालिक निर्माण गरेकोे पत्रकार सम्मेलनमा इकम कलेज बिर्तामोडका सिइओ आलोक कार्कीले ले बताए ।

यसै बिच सिइअो कार्कीले पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाइ कलेजले निमन्त्रणा गरेको जानकारी गाराउदै बाहिर अाएको राप्रपाले बोलाएको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन ।
तेस्तै सञ्चालक कार्कीले कुनै पनि पार्टी र राजसंस्थासँग जोडेर नभई राष्ट्र निर्माताको प्रतिकका रूपमा सम्मान गर्दै पृथ्वीनारायण शाहको शालिक निर्माण गरी अनावरण गरिन लागेकाले कलेज परिसरमा पार्टीको झण्डासमेत निषेध गरिएको पनि पत्रकार सम्मेलनमा वताएका छन ।
सोही अवसरमा ८ बर्ष अघिदेखि सञ्चालनमा अाई होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडी अध्यापन गराउँदै आएको कलेजको अौपचारीक उद्घाटन समेत गरिने कलेका अर्का सञ्चालक निर्मल निरौलाले पत्रकार सम्मेलनमा बताएका छन ।
