लागूपदार्थ दुर्व्यसन न्युनिकरणमा सुरुङ्गा जेसीज , अक्षयकोष स्थापनाका लागि पुराण
ठोस खबर / समृद्ध र सुसंकृत समाज निर्माणका द्योतकको रुपमा सोचीएका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेघला यसको न्युनिकरण गर्नमा सुरुङ्गा जेसीजले चासो देखाउदै अक्षयकोष निर्माणार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको अायोजना गरेकको छ ।
सुरुङ्गा जेसीजले झापाको सुरुङ्गा जेसिस हल परिसरमा यहि मंसिर १० देखी १७ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अायोजना गरेको जेसीज सचिवालयमा शुक्रबार अायोजीत पत्रकार सम्मेलनमा जेसीज अध्यक्ष प्रवीन तिम्सिनाले जानकारी गराउनु भयो ।
झापा जिल्ला लागूपदार्थ दुर्व्यसनको केन्द्रबन्दै गएको र झापाको मध्यभागमा पर्ने कनकाई नगरपालिका समेत यसको रेड जोनमा परेको विभिन्न तथ्यांक सार्वजनिक भईरहेको बेला सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै अाईरहेको जेसीजले अब त्यसको न्युनिकरणमा भुमिका खेल्नु पर्छ भन्ने मान्यताले सुरुङ्गामा जेसीज स्थापनाकाल देखी अावद्ध जेसीज कर्मी संगको बृहत् छलफल पछी लागूपदार्थ दुर्व्यसन न्युनिकरणका लागि विभिन्न कार्यक्रम गर्न कोष स्थापना गर्ने उद्देश्यले महायज्ञको अायोजना गरिएको सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष एवं महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एल.पी. उप्रेतीले जानकारी दिनुभयो ।
जेसीजको इतिहासमै पृथक र पहिलो पटक सुरुङ्गा जेसीजको आयोजनामा यस किसिमको महायज्ञ संचालन गर्न लागेको अध्यक्ष तिम्सिनाले वताउनु भयो । निजि तथा सामुदायिक बिद्यालयका विद्यार्थीहरु , ज्याला मज्दुरी गर्नेहरु बिशेषत १२ बर्ष देखि २५ बर्ष सम्मका युवाहरु लागूपदार्थ दुर्व्यसनमा लागेको विभिन्न तथ्यांक रहेकोले त्यस क्षेत्रलाई प्राथमिकतामा राखी अभियान सञ्चालन गरिने पनि तिम्सिनाले जानकारी गराउनु भयो ।
महायज्ञबाट संकलित रकमबाट कोष स्थापना गरी कोषबाट प्राप्त ब्याजले लागुऔषध न्यूनीकरणका लागि जेसीजले वार्षिक क्यालेण्डरनै बनाएर निरन्तर अभियान चलाउने सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष तथा सल्लाहकार शिवकुमार कँडेलले जानकारी दिनुभयो । साथै कनकाई नगरपालिका सहित झापाका लागुऔषध दुर्व्यसनी प्रभावित क्षेत्रमा अभियान सञ्चालन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
करिब १२ लाख रुपैयाँ खर्चमा सम्पन गर्ने गरि अायोजना गरिएको महायज्ञबाट खर्च कटाएर कम्तिमा पनी ५० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको र पुराण सुरु हुनु पुर्वनै देश बिदेशमा रहनु भएका अाम सहयोगी नेपाली मनहरुवाट ११ लाख भन्दा माथी सहयोगको प्रतिवद्धता प्राप्त भइसकेको सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिनाले बताउनुभयो । त्यस्तै जेसीज झापाका १४ वटै शाखा , जेसीज एरिया ‘ए’ र जेसीज केन्द्रबाट समेत सहयोग प्राप्त हुने तिम्सिनाले जानकारी गराउनु भयो ।
महायज्ञमा कथा वाचन युवा पं. अर्जुन भट्टराई र पाठ पारायण पं. उमेश आचार्यबाट हुने छ भने राष्ट्रिय स्तरका कलाकारबाट झाकी सन्चालन हुने छ तेस्तै स्थानीय क्षेत्रका सबै कृतन मण्डलीलाई महायज्ञमा सहभागी गराईने आयोजकले जनाएको छ । महायज्ञका क्रममा लागुऔषधि सम्बन्धी क्षेत्रमा क्रियाशील बिज्ञहरुबाट चेतना मुलक प्रस्तुती समेत रहने वताइएको छ ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष उषा (यदुका) अोली उप्रेती, त्रिलोचन उप्रेती, जविन तिम्सिना , मोतिखर अोझा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव दीपेन्द्र प्रधानले गर्नुभएको थियो ।