हाल्दिबारीमा हात्तीले कुल्चँदा एक जनाको मृत्यु

झापा / झापाको हाल्दिबारी गाउँपालिकामा रहेको मायालु सामुदायिक बन क्षेत्रमा जङ्गली हात्तीले कुल्चँदा एक जनाको मृत्यु भएको छ ।
हाल्दिबारी गाउँपालिका ३ मा निवासी ४० वर्षीय धनबहादुर बनको हात्तीले कुल्चँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।
मायालु सामुदायिक बनमा चौकीदारसमेत रहेका बनलाई आज बिहान ९ बजे हात्तीले लखेटी लखेटी कुल्चिएको स्थानीयले बताएका छन् ।
