प्याब्सन कनकाईको गायन तथा नृत्य प्रतियोगिता शुरु

ठोस खबर / प्याब्सन कनकाई नगरको आयोजनामा कनकाईमा दुईदिने सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।
निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक कार्यक्रम अन्तर्गत नगर प्याब्सन कनकाईले कनकाई ३ स्थित देवकोटा एजुकेसन फाउन्डेसनमा आज शुक्रबारबाट शुरु गरेको नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०८० भोली शनिवार सम्पन्न हुने जनाइएको छ ।

दुई दिवसीय कार्यक्रम अन्तर्गत आज पहिलो दिन गायन तर्फ कक्षा ११/१२ साथै १२ बर्ष मुनिका र १२ बर्ष भन्दा माथिका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । त्यस्तै अाजै मावि स्तरीय लोक सास्कृतिक नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ ।
आज सम्पन्न ११/१२ तर्फको गायन प्रतियोगितामा हरिकुल नमुना अंग्रेजी बिद्यालय प्रथम र पशुपति अंग्रेजी बिद्यालय द्वितीय भए । तेस्तै १२ बर्ष मुनिका बिद्यार्थीको गायन प्रतियोगितामा देवकोटा एजुकेसन एकाडेमी प्रथम , ज्ञानमाला एकाडेमी द्वितीय र अरुणोदय अंग्रेजी बिद्यालय र हाम्रो पाठशाला तृतीय भए भने १२ बर्ष माथिका बिद्यार्थीको गायन प्रतियोगितामा प्यारागन एकाडेमी र अरुणोदय अङ्ग्रेजी बिद्यालय प्रथम , हरिकुल नमुना अंग्रेजी बिद्यालय र देवकोटा एजुकेसन एकाडेमी द्वितीय साथै पशुपति अंग्रेजी बिद्यालय तृतीय भए । त्यस्तै अाजै भएको मावि स्तरीय लोक सास्कृतिक नृत्य प्रतियोगितामा प्यारागन एकाडेमी प्रथम , नवयुग शिक्षा निकेतन द्वितीय र वेनुबाजा अंग्रेजी बिद्यालय तृतीय भए ।

प्रतियोगिताको निर्यायक मण्डलमा गायन तर्फ संगीत प्रशिक्षक , संगीतकार अनुप दियाली र गायक तथा संगीत प्रशिक्षक टंक थापामगर रहनु भएको थियोे । त्यस्तै नृत्य तर्फ बरिस्ठ नृत्य निर्देशक याम बाहादुर बस्नेत र राष्ट्रिय नृत्य परिषद कोषाध्यक्ष प्रनिषा उदास रहनु भएको थियोे ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका विद्यालयले ट्रफी र विद्यार्थीले मेडल प्राप्त गरेका छन् साथै सहभागी सबैलाई सहभागीता मेडल प्रदान गरिएको छ । प्रतियोगिताको हरेक बिधामा प्रथम हुने विद्यार्थीहरुले पुष १ र २ गते दमकमा हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुब्बाले जानकारी दिनुभएको छ ।

कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै कनकाई नगर प्याब्सनका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष विनोद सुब्बाले प्याब्सनको यो कार्यक्रम बार्षिक क्यालेन्डर भित्रकै कार्यक्रम भएको वताउनु भयो । बिद्यार्थी संग भएको प्रतिभा प्रस्फुटन गर्ने अवसर दिई भविस्यमा राष्ट्रिय स्तरमा पुग्न सक्ने वनाउने उदेश्य यस कार्यक्रमको रहेको जानकारी गराउनु भयो ।
उहाले बिगारेर पश्चाताप गर्नु भन्दा बनेको लाई संरक्षण गर्नु पर्नेमा विना विकल्प निजी बिद्यालय बन्दको कुरा उठाउनु जायज नभएको भन्दै संबंधित निकायलाई त्यसो नगर्न अनुरोध गर्दै अझ पनि कानुनबाट निजि क्षेत्रले ढुक्क भएर काम गर्ने अवसर प्राप्त नभएको बताउनु भयो ।

कार्यक्रममा संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघिय संसद एलपि साँवा लिम्वुले गुणस्तरीय शिक्षा निजी क्षेत्रमा धेरै देखिएको बेला निजी क्षेत्रका बिद्यालयलाई धन्यवाद दिनु पर्नेमा त्यो नभएको वताउनु भयो । निजि क्षेत्रले शिक्षामा सरकारले गर्न नसकेको काम गरेको भन्दै साँवाले निजी क्षेत्रको पक्षमा अाफुु र अाफु संबन्द्ध पार्टी निरन्तर लड्ने पनि वताउनु भयो । त्यस्तै प्याब्सनले गरेको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै प्याब्सनले सफल कलाकार उत्पादनमा सदैव योगदान दिनेमा अाफु विस्वस्त रहेको समेत साँवाले वताउनु भयो ।
कार्यक्रममा कलाकारिताको क्षेत्रमा देश विदेशमा ख्यातिप्राप्त कनकाई ३ निवासी कलाकार ,मुर्तिकार , चित्रकार हिक्मत नेम्वाङ र निजि बिद्यालय स्थापना गर्नमा साथै सामाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान दिदै अाउनु भएका कनकाई ४ निवासी शैक्षिक व्यक्तित्व सागर ढुङ्गाना सहित उहाकी जीवन साथी धना प्रसाईं ढुङ्गाना लाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि संघिय संसद एलपि साँवा लिम्बूले दोसल्ला र सम्मान पत्रबाट सम्मान गर्नुभएको भयो ।

कार्यक्रममा प्याब्सनका झापा अध्यक्ष गौरीमान फागो , सचिव हरिकृष्ण पाठक , प्रदेश सदस्य भानु राजवंशी , झापा जिल्ला कोषाध्यक्ष अमृत तिम्सिना , सह सचिव द्वय लक्ष्मी उप्रेती र भवानी पाठक सह कोषाध्यक्ष हरि फुयाल , सदस्य गणेश श्रेष्ठ प्याब्सन झापा गाउपालिकाका अध्यक्ष नवराज सुवेदी , प्याब्सन कनकाई नगरका सल्लाहकार अखिल कोइराला लगायतको उपस्थिति रहेको थियो ।
भोली शनिवार राष्ट्रिय र अाधुनिक गितमा नृत्य प्रतियोगिता हुने प्याब्सन कनकाईका कोषाध्यक्ष विनोद उप्रेतीले जानकारी गराउनु भएको छ । भोलि अाधुनिक गितमा कक्षा ५ सम्मको र राष्ट्रिय गितमा कक्षा ८ सम्मको नृत्य प्रतियोगिता हुने वताइएको छ ।
प्याब्सन कनकाई नगर कोषाध्यक्ष विनोद उप्रेतिले उपस्थित सबैलाई स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब मोहन थापाले गर्नुभएको थियो ।
