टिकाराम बास्तोला / झापालि समाज युएईको नयाँ सोच गरिब असाहय र बालबालिकाको लागि अक्षयकोष भन्ने मुल नारा सहित बृहत छात्रवृत्ति वितरण कार्यक्रम सप्पन्न भएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा सयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत झापालिहरुको सामाजिक सस्था झापालि समाज युएईको स्थापना २०७२ सालमा भएको हो।

झापाको कनकाई नगरपालिका वडा नम्बर -३ मा रहेको झापालि समाज युएई नेपाल सम्पर्क समितिको कार्यालय मा आज एक औपचारिक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न भएको थियो।

झापालि समाज युएई सम्पर्क समिती अध्यक्ष राजेन्द्र कुमार दाहाल को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती कनकाई नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष युवराज चौलागाईं को रहेको थियो।

छात्रवृत्ति मा बिर्तामोड नगरपालिका बाट दिपक बुढाथोकी , झापा गाउँपालिका बाट निरुता टुडु , हल्दिबारी गाउँपालिका बाट जेनिशा परियार , शिवसताक्षी गाउँपालिका बाट उर्मिला बेगा, भद्रपुर नगरपालिका बाट सग्खर ऋषि देव, बाह्रदशी गाउँपालिका बाट विष्णु माया लिम्बू , कचनकवल गाउँपालिका बाट पुष्कर कार्की , मेचीनगर नगरपालिका बाट लिला बुढाथोकी लगायत छनोट कार्यमा परेका आयोजक समितिले जनाएको छ। उक्त छनोट मा पर्ने विद्यार्थीहरुलाई चेक मार्फत पैसा वितरण गरिएको थियो।

यसैगरी कार्यक्रमको स्वागत तथा कार्यक्रम को औचित्य माथी प्रकाश सस्थाका सल्लाहकार समिति सम्योजक प्रदिप कुमार संग्रौलाले गर्नुभएको थियोे । कार्यक्रम सन्चालन सस्थाका सचिव मित्रलाल पोख्रेलले गर्नु भएको थियो।