सुरुङ्गा / झापाको कनकाई नगरपालिका ३ स्थित ग्लोबल एडुकेयर एकाडेमीमा एलकेजीमा अध्ययनरत कनकाई २ की ५ बर्षिया ब्लड क्यान्सर रोगी बालिका मञ्जिला भुजेलको उपचारमा सहयोग पुर्याउने उदेश्यले सुरुङ्गामा सांगितिक कार्यक्रमको अायोजना गरिएको छ ।

अनुप्रस्था फाउण्डेशनले रोगी भुजेलको सहयोगका लागि झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेल मैदानमा मंसीर २३ गते सांगितिक कार्यक्रम अायोजना गरेको हो ।

अनुप्रस्था फाउण्डेशनको आयोजनामा हुने सांगितिक कार्यक्रमबाट संकलित रकम खर्च कटाएर रहेको सबै बालिका मञ्जिला भुजेलको सहयोगार्थ प्रदान गरिने बुधवार सुरुङ्गामा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । आर्थिक अवस्था नाजुक रहेको भुजेल परिवारलाई बालिकाको उपचारमा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोले यसमा सबैको सहयोग अावाश्क रहेको कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी बिमलीले बताए । 

बालिकाको उपचार सम्भव भएता पनि उपचारका लागि ३० लाख भन्दा माथि रकमको आवस्यकता पर्ने भएको तर भुजेल परिवारको अर्थिक अवस्था दयनीय रहेकाले मानविय सेवा लक्षित अायोजना गरिएको साङ्गितिक कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था , उद्योगी व्यावसायि , नागरिक समाज साथै देसविदेशमा रहनु भएका अाम सहयोगी मनहरुलाई सहयोग गरि दिनु हुन अनुप्रस्थका प्रतिनिधि तथा सांगितिक कार्यक्रमका संयोजक निश्चल खतिवडाले अपिल गरेका छन ।

सांगितिक कार्यक्रमको मुख्य आयोजकमा अनुप्रस्था फाउण्डेशन रहेको छ भने सह–आयोजकको रुपमा कनकाई उद्योग बाणिज्य संघ, सुरुवाती कोठा नेपाल, कनकाई मावि र ग्लोबल एडुकेयर एकाडेमी रहेको संयोजक खतिवडाले बताए ।
कार्यक्रममा न्युनतम रु १०० को टिकट काटेर प्रवेश गर्न सकिने भएता पनि थप सहयोगका लागि रु २०० र रु ५०० को टिकट तय गरिएको पनि खतिवडाले वताएका छन ।

पत्रकार भेटघाटमा बोल्दै मञ्जिला अध्ययनरत ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल विमान लामाले मञ्जिलाको उपचारको लागि देसविदेशमा रहनु भएका अाम सहयोगी मनहरुले क्युअार मार्फत पनि सहयोग गर्न सकिने जानकारी गराएका छन ।

सांगितिक कार्यक्रममा अनुप्रस्था ब्याण्डको प्रस्तुति साथै विश्वास उप्रेति एण्ड ब्याण्ड , नामगेल तामाङको गायन र राजेश बस्नेतको नृत्य प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । 

बालिकाको अडाई महिना अघिदेखि कान्तिबाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ भने अहिलेसम्म करिब ५ लाख खर्च भइसकेको बालिकाका बुबा महेन्द्र भुजेलले बताए । उनका अनुसार बालिकाको उपचारकालागि लगभग २५ देखि ३० लाख रुपैयाँ खर्च हुनेछ । भुजेल परिवार कनकाई २ मा ऐलानी जग्गामा सामान्य घरमा बस्दै आएको छ । बैदेशिक रोजगारका सिलसिलामा कतारमा रहेका महेन्द्र छोरी बिरामी भएपछि फर्किएका हुन् । पत्रकार भेटघाट कार्यक्रममा सुरुवाती कोठा नेपालका दीपक दास, ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल बिमान लामा, कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगीलगायतको उपस्थिति रहेको थियो ।