चन्द्र बस्नेत ,
ठोस खबर / झापाको कनकाईमा लैङ्गिक हिंसाको अवस्था, प्रकृति र कानुनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम तथा महिला हिंसा सम्बन्धी विभिन्न वडामा कानूनी प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी कानूनी प्रशिक्षण एवम् विद्यार्थी लक्षित सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको हो ।

किशोरावस्थाका बालबालिकालाई लक्षित गरी कनकाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने सम्भावित जोखिम र बच्ने उपाय लगायतका विषयको प्रशिक्षणमा अधिवक्ता तारा बारकोटीले सहजीकरण गर्नुभएको थियोे ।

त्यसैगरी लैंङ्किक हिंसा, बाल लैङ्गिक हिंसा, बालविवाह, बलात्कार जस्ता जघन्य अपराधजन्य घटनामा दोषी उम्काउन गरिने प्रयास र पीडितले अपनाउनु पर्ने सचेतता कानुनी व्यवस्था जस्ता विषयमा नगरका कानुन अधिकृत भुपेन्द्र बस्नेतले सहजीकरण गर्नुभएको थियोे ।

१६ दिने अभियान अन्तर्गतनै यस अघिपनि महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले वडा न १ को कार्यक्रम नगरपालिकाको सभाहलमा त्यस्तै वडा न ५ र ८ मा समेत दुईदुई दिवसीय कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो ।

नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेकोे थियोे ।
प्रमुख अतिथि खरेलले अधिकांश लैंगिक हिंसाका घटना घरपरिवार, आफन्तबाटै हुने गरेको र पछिल्लो समय यसमा केही कम हुँदै गएकोमा खुशी प्रकट गर्नुभएको थियोे ।

कार्यक्रममा नगर उपप्रमुख शिवाकोटीले गर्भावस्थादेखि नै महिला हिंसा शुरु हुने गरेको बताउनुभयो । उहाँले महिला हिंसा न्यूनीकरणका लागि सबैको सामूहिक पहल, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नगरभरिका निजी तथा सामुदायिक विद्यालयका एक सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, वडा नं. १ का अध्यक्ष सुशील कुमार पोखरेल, कनकाई अपांग सघका अध्यक्ष पुस्पलाल घिमिरे , हरिकुल नमुना विद्यालय सुरुङ्गाका शिक्षक सन्दीप मरासिनी , सरस्वती मा वि का शिक्षक सुर्यप्रसाद अधिकारी , चम्फापुर माविका शिक्षक कुबेर पौडेल कनकाई अपांग सघका कोषाध्यक्ष सृजना बराल लगायतले शुभकामना मन्तव्य राख्दै लैंगिक हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियोे । कनकाई नगर बालसन्जालका अध्यक्ष अबिशेक मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन कनकाई नगर महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुका तर्फबाट हरिकुल नमुना विद्यालय सुरुङ्गाका विद्यार्थीहरु दिक्षयान्त प्रसाईं , संस्कृती पौडेल र आयुस्मा खतिवडाले कार्यक्रम उपयोगी रहेकोे प्रतिक्रिया दिदै दैनिक जीवनमा कार्यन्वयन गर्न र गराउन भुमिका खेल्ने धारणा राखेका थिए ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा मुख्यत महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै लैङ्गिक समानता र सामाजिक न्यायका पक्षमा कार्यक्रमहरु केन्द्रित हुने गरेको छ ।