बाह्रदशीमा हात्ती मृत फेला

झापा / बाह्रदशीमा एक हात्ती मृत फेला परेको छ । बिहीबार झापाको बाह्रदशी गाउँपालिका १ खयरबारी क्षेत्रमा एउटा हात्ती मृत फेला परेको हो । बाह्रदशीमा हात्तीले केही दिनदेखि स्थानीयको सखरखण्ड खाएर क्षति गर्दै आएको थियो ।
सखरखण्डमा क्षति पुर्याएका कारण स्थानीयले थापेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ । प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थलमा गइसकेको छन् । यो वर्ष जिल्लामा तीन वटा हात्ती मारिसकेको छ ।
त्यस्तै हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी ३ का वन हेरालु ४० वर्षीय धनवहादुर वनको मृत्यु भएको थियो । उनको मृत्यु संगै झापामा हात्ती आक्रमणवाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ ।
