कनकाई ,७ पुस / कनकाई नगरपालिका वडा नं.७ दुर्गापुर स्थित साझा बहुउदेश्यीय सहकारी संस्थाको सञ्चालक समितिको निर्वाचनमा अध्यक्ष पदमा टिका प्रसाद पाठक निर्वाचित हुनु भएको छ ।

सञ्चालक समितिको आगामी ४ बर्षे कार्यकालको लागि अाज शनिवार भएको निर्वाचनमा पाठकले २५८ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्वन्दी ईश्वरी प्रसाद शिवाकोटीले २२२ मत प्राप्त गर्नु भएको थियो । उपाध्यक्ष पदको प्रत्यासीद्वय भक्त बहादुर मेयाङवो र पूर्ण प्रसाद वेडारी मध्ये पूर्ण प्रसाद वेडारीले २३५ मत ल्याई विजयी हुनु भयो भने उहाँको प्रतिद्वन्दी भक्त बहादुर मेयाङवोले २३१ मत ल्याउनु भएको थियो । त्यसैगरि सचिव पदको प्रत्यासीद्वय मनोज कुमार पोखरेल र चन्द्र प्रसाद मैनाली दुवैले २२४/२२४ मत ल्याई बराबर भएकोले गोला प्रथाद्वारा मनोज कुमार प‍ोखरेल विजयी हुनु भएको छ ।
यस्तै सदस्यहरुमा देवीमाया राजवंशी २८५, लता श्रेष्ठ २६३, पदम निरौला २६०, तुलसी थपलिया २६० र सीता निरौलाले २५६ मत ल्यायी विजयी हुनु भएको छ ।
यसैगरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा दुर्गा नेम्वाङ २३५ मत ल्याई विजयी हुनु भएको छ भने उहाँको निकटम प्रतिद्वन्दी केशव वेडारीले २२० मत ल्याउनु भएको थियो । गत मंसिर २३ गते सम्पन्न संस्थाको ३१ औं साधारणसभामा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गर्ने प्रयास गरिएको थियो । सो प्रयास विफल भएपछि प्रतिस्पर्धीहरु आ–आफ्नै प्यानल बनाई निर्वाचनमा होमिएका थिए । यस अघि कोषाध्यक्ष पदमा तारा कार्की लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा चन्द्रमणी हुँमागाई र सुखदेव पौडेल मात्र निर्विरोध चयन हुनु भएको थियो । आज सम्पन्न निर्वाचनको अन्तिम परिणाम निर्वाचन समितिका संयोजक चन्द्र चुडालले घोषणा गर्नु भएको थियो ।