बिर्तामोड, १३ पुस / बिर्तामोड-३ स्थित सुर्यनगरमा रहेको प्लाइ फयाक्ट्रीमा आगलागी भएको छ ।

रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अनुप अग्रवालले संचालन गरेको फ्याक्ट्रीमा शुक्रबार बिहान ४ बजे आगलागी भएको प्रहरीले जनाएको छ । 

प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ राखेको ठाउमा अचानक आगलागि भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, मेची नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा सवा पाँच बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।