ठोस खबर / झापाको कनकाई नगरपालिका ४ स्थित झापा मेरिगोल्ड अंग्रेजी बिद्यालयमा स्काउटको क्याम्प फायरिङ साथै दिक्षान्त समारोह सम्पन्न भएको छ ।

झापा मेरिगोल्ड स्काउट दलका ४३ जना बिद्यार्थी हरूलाई अन्नपूर्ण व्याज बितरण गरि दिक्षित गर्न विद्यालयले अायोजना गरेको क्याम्प फायरिङ कार्यक्रमलाई कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेललेले शुक्रबार साँझ उद्घाटन गर्नुभएको हो । 

दुई दिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार बिद्यालयमा क्याम्प फायरिङ संगै बिद्यार्थीले मङ्की कर्लिङ्ग , टच द तार्गेट , टायर टनल , टार्जन जम्प , कर्लिङ्ग , बिम ब्याङ्मिङ्ग , ब्यालेन्सिङ्ग वक साथै विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि नगर प्रमुख तथा नगर स्काउट संरक्षक राजेन्द्रकुमार प‍ोखरेलले युवा बिद्यार्थी हरुमा अनुशासन , गतिसीलता , राष्ट्र प्रतिकोमाया कमी हुँदै गहिरहेको अबस्थामा समाज सेवामा समर्पित स्काउटले युवा बिद्यार्थीहरुलाई अनुशासित बनाउनुका साथै देस प्रति बफादार बनाउने कुरामा दुईमत नरहने बताउनु भयो । त्यस्तै कनकाईमा निजि तथा अावासिय बिद्यालयको छाता संगठन प्याब्सन र सामुदायिक बिद्यालय संग मिलेर स्काउटलाई अगाडि वडाउने पनि पोखरेलले वताउनु भयो ।

कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद सुब्बाले कनकाई नगरमै पहिलो पटक स्काउटको क्याम्प फायरिङ निजी विद्यालय झापा मेरिगोल्डले सम्पन्न गरिरहदा प्याब्सनको समेत गरिमा बढेको वताउदै शुभकामना ब्यक्त गर्नुभयो ।

त्यस्तै सनिवार विहान सर्व धर्म सभा पछि झापा मेरिगोल्ड स्काउट दलका ४३ जना बिद्यार्थीलाई अन्नपुर्ण ब्याज बितरण साथै दिक्षित गरीएको छ । बिद्यालयका स्काउट प्रशिक्षक स्काउटर नगेन्द्र सुवेदीले बिद्यार्थीलाई दिक्षीत गर्नुभएको थियो ।

कार्यक्रममा कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख अाशा शर्मा शिवाकोटी , वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं , वडा नं. ५ को वडा सदस्य इन्दिरा अधिकारी , स्काउटबाट स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ स्काउटर केदार खनाल , दिगम पराजुली , भक्ती प्रसाद काफ्ले , दिपेस उप्रेती रोभर विजय राई कनकाईका निजि विद्यालयका प्रिन्सिपलहरु विमान लामा , अरुण राजवंशी , अखिल कोईराला , गोपाल संग्रौला , विनोद उप्रेती , रोषन केसी झापा मेरीगोल्ड बिद्यालय व्यवस्थापन समिति अध्यक्ष निल कृष्ण उप्रेती , बिद्यालय संचालक समिति अध्यक्ष वेनु उप्रेती , संचालन समिति सदस्य टिकाराम अधिकारी , विभिन्न बिद्यालयका बिद्यार्थी साथै अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

बिद्यालयका संस्थापक तथा प्रिन्सिपल गोकुल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई स्वागत बिद्यालय संचालक समिति अध्यक्ष वेनु उप्रेतीले गर्नु भएको थियोे भने संचालन बिद्यालयका स्काउट प्रशिक्षक स्काउटर नगेन्द्र सुवेदीले गर्नुभएको थियोे ।