ठोस खबर / लायन्स क्लव अफ कनकाई दुर्गापुरको आयोजनामा कनकाई १ स्थित ग्लोरी मन्टेश्वरीमा निशुल्क आखा शिविर सम्पन्न भएको छ ।

मेची आखा अस्पतालको प्राविधिक सहयोग र ग्लोरी मन्टेश्वरीको सहजिकरणमा सोमबार सम्पन्न शिविरमा स्थानिय , बिद्यार्थी र अभिभावक समेत २६५ जनाले अाँखा परिक्षण गराएको लायन्स क्लव अफ दुर्गापुरका अध्यक्ष दिपक खतिवडाले बताउँनुभयो । जस मध्ये १० जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल बिर्तामोड पठाइएको , ३६ जना आँखाका बिरामीलाई निशुल्क चश्मा दिइएको र अन्यलाई अावाश्यक अौषधी बितरण गरिएको अध्यक्ष खतिवडाले जानकारी गराउनु भयो ।

शिविरमा मेची आँखा अस्पताल बिर्तामोडबाट कविता कार्की कडरिया , युवराज बोहोरासहित छ जना स्वास्थ्यकर्मीको समुहले सेवा दिनुभएको थियो । 

शिविर सञ्चालन पुर्व गरिएको अौपचारिक कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कार्यक्रममा शुभकामना मन्तब्य राख्दै आँखा जस्तो अतिसंवेदनशील क्षेत्रमा काम गरेकोमा लायन्स र मेची अाँखा अस्पताललाई धन्यावाद दिदै नगरपालिकाले समेत आगामी दिनमा समन्वय गरेर नगरलाई आँखाको रोग मुक्त बनाउने अभियान थाल्ने बताउनुभयो ।
त्यस्तै नगर उपप्रमुख आशाशर्मा शिवाकोटीले लायन्सले अन्धोपन निवारणको लागि कार्यक्रम अायोजना गरेकोमा धन्यवाद दिदै समाजलाई अग्रगतिमा लानकोलागि गरेको कामको प्रशंसा गर्नुभयो ।

लायन्सका डिस्ट्रिक सेक्रेटरी लीला चिमरिया, मेचि अाँखा अस्पताककी स्वास्थ्यकर्मी कविता कार्की कडरिया लगायतले मन्तब्य राख्नु भएको कार्यक्रममा लायन्सकर्मी संजय गजुरेल , मनोज बस्नेत , साजन थापा , ग्लोरी मन्टेश्वरीकी प्रिन्सिपल सिरिशा गैरे उप्रेती लगायतको अातिथ्यता रहेको थियो ।

कार्यक्रममा झण्डा अभिवादन लायन्स क्लव अफ कनकाई दुर्गापुरका सेकेन्ड भिपी भुवन खतिवडाले गर्नु भएको थियो भने अध्यक्ष दीपक खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वगत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव डिल्ली रिजालले गर्नु भएको थियो ।