कनकाई ४ मा बालमैत्री स्थानीय शासन कार्यन्वयन सम्बन्धि अभिमुखिकरण

ठोस खबर / झापाको कनकाई नगरपालिकाले नगरलाई बालमैत्री नगर बनाउनको लागि बालबालिका सम्बन्धि विभिन्न सचेतना मुलक कार्यक्रम सन्चालन गर्दै अाएको छ ।
अाउदो २०८१ भाद्र २९ गते सम्ममा कनकाई नगरपालिकालाई देशकै उत्कृष्ट बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको नगरले हाल सम्म नगरका वडा नं. ५ , ६ र ८ गरी ३ वटा वडा बालमैत्री वडा घोषणा गरिसकेको छ भने अरु वडा पनि बालमैत्रि बनाउने कसरतमा नगर बालकल्याण एकाई लागि परेको छ । यसै क्रममा वडा नं. ९ र १ मा समुदाय स्तरमा बालमैत्रि स्थानीय शासन कार्यन्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ भने अन्य वडामा निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैबीच मंगलबार बाल कल्याण एकाई कनकाईको अायोजनामा कनकाई नगरपालिका ४ का ४ टोलको दुई स्थान श्री कृष्ण परोपकार संस्थाको सभाहल र जनजागृती भवनमा टोलस्तरिय बालमैत्रि स्थानीय शासन कार्यन्वयन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बालमैत्रि स्थानीय शासन परिचारिका सरिता मगरले सहजिकरण गर्दै बालमैत्री स्थानीय शासन के हो ? बालमैत्री स्थानीय शासनले के फाईदा हुन्छ ? बालमैत्री स्थानीय शासनका परिसुचक केके हुन ? बालमैत्री स्थानीय शासन अवलम्बन गर्न बालबालिका स्वयं , बिद्यालय , टोल , स्थानीय सरकार , संघसंस्था लगायत सिङ्गो टोलको भुमिका कस्तो हुनुपर्छ भन्ने जस्ता बिषयमा प्रष्ट पार्नु भएको थियोे । उपस्थित अाम नागरिक संग यी बिषयमा अन्तर्कृया समेत गर्नु भएको थियो ।
कनकाई नगरपालिका ४ का वडा सदस्य तथा बाल मैत्री अभियान कनकाई ४ को शिवालय , शान्ति , मनोकामना र पाथीभरा टोलका संयोजक मोहन संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई ४ को वडा सदस्य तथा कार्यपालिका सदस्य लक्ष्मी कटुवाल कार्की , शिवालय टोल विकास संस्थाका अध्यक्ष धर्म प्रसाद अाचार्य , सचिव धनबहादुर कुवर शान्ति टोल टोल विकास संस्थाका सचिव निर्मल कार्की , मनोकामना टोल विकास संस्थाका सचिव बुद्धिमान दनुवार , पाथिभरा टोलविकास संस्थाका उपाध्यक्ष रबिन्द्र कडेल , शिक्षासेवी डा पुण्यप्रसाद पौड्याल , कनकाई ४ को पुर्व वडा सदस्य देविमाया दाहाल लगायत टोलवासीहरुको उपस्थिति रहेको थीयो ।
