ठोस खबर / युनिफर्म हाउस सुरुङ्गाका सञ्चालक युवा व्यवसायी मनोज शिवाकोटीले अाफुले अध्ययन गरेको शीवसतासी वडा नं. ७ स्थित लालपानी माविका विद्यार्थीलाई स्विटर र जुत्ता प्रदान गर्नुभएको छ ।
उहाले सोमबार बिद्यालयमै पुगेर ९३ थान स्विटर र ४० थान जुत्ता बिद्यार्थीलाई प्रदान गर्नुभएको हो ।

जाडो बढेसंगै कम्जोर अवस्था भई जाडोको समयमा न्यानो कपडा नहुदा पढाइबाटै बन्चित हुनुपर्ने बिद्यार्थीको अवस्था देखेपछि न्यानो कपडा संगै जुत्ता प्रदान गरेको शिवाकोटीले वताउनु भयो । अझ पनि कोही कम्जोर अवस्था भई छुट्न पुगेका बिद्यार्थी बिद्यालयमा रहेछन भने उनिहरुलाई समेत स्विटर र जुत्ता दिने पनी सिवाकोटीले बताउनु भएको छ ।

पुर्व बिद्यार्थी शिवाकोटीले सामाजिक भावनाले बिद्यार्थी माथि गरेको सेवामूलक पुण्य कर्मको खुलेर प्रशंसा गर्दै बिद्यालयका प्रधानाध्यापक बालकृष्ण प्रसाईं लगायत बिद्यालय परिवारले शिवाकोटीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।