शरणामती / झापाको झापा गाउँपालिका युवा संघले झापा गाउँपालिकाका सामुदायीक विद्यालयमा अध्यययरत विद्यार्थीहरुलाई कपडा साथै जुत्ता चप्पल वितरण गरेको छ । युवा संघले बुधबार झापा २ स्थित जुडो प्रावि र झापा १ मिलनबस्ती स्थित कनकाई बालविकास केन्द्रका विद्यार्थीहरुलाई कपडा साथै जुत्ता चप्पल वितरण गरेको हो ।

युवा संघ झापा गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी जुडो प्रावीमा अध्ययनरत ५० विद्यार्थी र मिलनबस्ती कनकाई बाल विकासका १७ विद्यार्थीलाई कपडा साथै जुत्ता चप्पल वितरण गरेको छ । यसै विच युवा संघले मिलनबस्तीका अन्य विपन्न परिवारलाई समेत कपडा साथै जुत्ता चप्पल वितरण गरेको छ ।

युवा संघले गरेको काम राम्रो भन्दै स्थानीयले प्रसंसा गरेका छन् । बालविकासकी शिक्षक मुना नेउपानेले राम्रो काम भन्दै युवा संघलाई धन्यवाद दिनुभयो ।

त्यस्तै जुडो प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर खड्काले आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा सहित् धन्यवाद दिनुभयो ।

त्यस्तै झापा गाउँपालिका युवा संघका अध्यक्ष अशोक लिम्बुले सबैको सहयोग भए आगामी दिनमा समेत यस्तै राम्रा कार्यक्रमहरु गर्दै लैजाने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कनकाइ युवा संघका अध्यक्ष अर्पण राइको प्रमुख आतिथ्यतामा भएको वितरण कार्यक्रममा एमाले झापा गाउँ कमिटि अध्यक्ष भिम रिजाल,युवा संघ जिल्ला समिति सदस्य विनोद बराइली,झापा गाउँपालिका युवा संघ सचिव किरण विश्वकर्मा,सह सचिव समिउल अली लगायतको उपस्थीती रहेको थियो । कनकाई युवा संघको सहकार्यमा झापा गाउँपालिका युवा संघले विद्यार्थीहरुलाई कपडा साथै जुत्ता चप्पल वितरण गरेको हो ।