बालशिक्षा केन्द्रका बालबालिकालाई लायन्सले दियो न्यानो कपडा

सुरुङ्गा / लायन्स क्लव अफ कनकाई सुरुङ्गाले कनकाई वालशिक्षा केन्द्र कनकाई ४ कोटीहवनमा रहेका वालवालिकाहरुलाई न्यानो कपडा प्रदान गरेको छ ।
गरिब अतिविपन्न परिवारका वालवालिकाहरु अध्यय गर्दै आएका उक्त विद्यालयमा अध्यायनरत् ४८ जना वालवालिकाहरुलाई लायन्स क्लवका तर्फबाट लगिएको न्यानो कपडा ट्रयाक सुट प्रदान गरिएको लायन्स क्लव अफ कनकाईका अध्यक्ष सन्जय गजुरेलले बताउँनुभयो ।
कम आय भई प्राय सबै अभिभावहरु मजदुरी गरेर परिवारको खर्च जुटाउँदै आउनुभएकोले जाडोको समयमा न्यानो कपडाको अभावले बिद्यार्थीहरु स्कुल समेत आउन छाडेको थाहा भएपछि आफुहरुले अध्ययनमा सहयोग पुगोस भनेर वालवालिकालाई जाडोको कपडा प्रदान गरेको लायन्स क्लव कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउँनुभयो । जाडोमा स्कुलका विद्यार्थीहरुले न्यानो कपडा पाएपछि कम्तीमा अध्यान अध्यापन कार्यमा सहज हुने चिमरियाले बताउँनुभयो ।
लायन्सको कार्यनै सेवा गर्ने भएकोले झापाका अन्य पालिकाहरुमा र विशेष गरि कनकाई नगरपालिका र झापा गाउँपालिका क्षेत्रमा जाडोको समयमा बच्चा र कमजोर आय भएका अभिभावकहरुलाई समेत जाडोमा न्यानोको कपडा प्रदान लायन्सले गर्न लागिरहेको चिमरियाले बताउँनुभयो ।
यश अघि क्लबले सोही वालशिक्षा केन्द्रमा विधालयका सबै विधार्थीहरुलाई पुग्ने गरी डेक्सवेञ्च समेत वितरण गरेको थियो ।
कार्यक्रममा बोल्दै कनकाई बालशिक्षा केन्द्रका व्यावस्थापन समिति सदस्य धुब्र फुयाँल, लायन्सका पुर्व अध्यक्ष रुपनारायण खतिवडा, मनोज बस्नेत, साजन थापा, गंगाराम दाहाल ,लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमण चौधरी लगायातले लायन्सले समस्या पर्दा सहयोगको अभियानलाई निरन्तता दिदै जाने बताउँनुभयो ।
तेस्तै कार्यक्रममा मन्तब्य राख्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेस सदस्य लिलाराज झापालिले लायन्ले समाजिक क्षेत्रमा गरेको कामाको प्रशंसा गर्दै १०० भन्दा बढि सस्था भएको कनकाईमा तिनिमध्ये कम्तिमा पनि ९ वटा संस्थाले मात्रै पनि लायन्सको जसरी काम गर्ने हाे भने विकासकले चाडै फड्को मार्ने बतनउनु भयो ।
विद्यालयमा लायन्सले न्यानो कपडा प्रदान गरेसगै आगामी दिनमा विद्यार्थी विद्यालयमा नियमित आउने विश्वास लिएको विद्यालयकी प्रअ मिना बस्नेतले बताउँनुभयो । कार्यक्रम लायन्स क्लव अफ कनकाई सुरुङ्गाका सचिव पंकज खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
