ठोस खबर , २८ माघ / मन्दिर संचालनार्थ अक्षयकोष निर्माण साथै भौतिक पुर्वाधार निर्माण गर्ने उद्येश्यका साथ झापाको कनकाई नगरपालिका १ प्रजापति काशी चोक स्थित श्री सिद्धेश्वर शिवालय मन्दिरमा श्रीमद्भागवत  सप्ताह महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ  संचालन हुने भएको छ ।

अायोजकले मन्दिर परिसरमा अाइतबार पत्रकार भेटघाट गरी  अाउदो फागुन २० गते देखी २६ गते सम्म महापुराण संचालन गरिने जानकारी गराएको छ ।

स्व.काशीनाथ भट्टराई र स्व.वेदमाया भट्टराईको नाममा छोराबुहारी चेतनाथ भट्टराई र लिलादेवी भट्टराईले वि.सं.२०६७ मा स्थापना गरेको सिद्धेश्वर शिवालय मन्दिरलाई थप व्यवस्थित बनाउँदै दिर्घकालिन रुपमा संचालनार्थ अक्षयकोष निर्माणलाई प्राथमिकतामा राखी धनधान्याञ्चल सहितको महापुराण अायोजना गरिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नरेशमणि बास्कोटाले जानकारी दिनुभएको छ ।

हाल सम्म दाता परिवारकै सहयोगबाट पुजा व्यवस्थानमा सहजीकरण हुँदै आएको मन्दिरमा महापुराणबाट केहिन केही रकम अक्षयकोषमा जम्मा गरि पुजा ब्यवस्थापन दिर्घकालिन बनाउने र मन्दिरको भौतिक पुर्वाधार पनि ब्यवस्थित बनाउने लक्षका साथ पुराणको अायोजना गरिएको पुराण मुल अायोजक समितिका संयोजक कपीलमणी अधिकारीले जानकारी दिनुभएको छ ।

पबित्र उदेश्यका साथ अायोजना गरिएको महापुराणबाट कम्तिमा पनि २० लाख संकलन गर्ने लक्ष्य राखिएको जानकारी गराउदै यश महान कार्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण धर्मप्रेमी महानुभावहरुलाई तन , मन , धन र वचनले सहयोग गरिदिन आयोजक समितिले अनुरोध समेत गरेको छ ।

प्रमुख कथा वाचक पं.पुण्यप्रसाद गुरागाईँ र उपवाचकमा पं.सुवास ढकाललाई चयन गरिएको महापुराण सम्पन्न गर्न आयोजक समितिले विभिन्न उपसमिति समेत निर्माण गरेको  आयोजक समितिका सचिव तिलचन रिजालले जानकारी दिनुभएको छ ।

महायज्ञको सल्लाहकार संयोजकमा भागवतदास काफ्ले रहनुभएको छ भने दिपेश रिमालक संयोजक रहेको प्रचार प्रसार उपसमिति , गणेश पौडेल समंयोजक रहेको आर्थिक व्यवस्थापन उपसमीती ,भक्ति काफ्ले संयोजक रहेको मण्डप व्यवस्थापन उप समिति , ईश्वर सुवेदी संयोजक रहेको संघसंस्था समन्वय उपसमिति , शान्तीराम बराल संयोजक रहेको स्वयंसेवक परिचालन उपसमिति , माधव बराल संयोजक रहेको  वैदेशिक समन्वय उपसमिति , मेनुका कटुवाल संयोजक रहेको  प्रसाद व्यवस्थापन उपसमिति , सरीता काफ्ले संयोजक रहेको  अतिथी सत्कार उपसमिति , जानुका न्यौपाने संयोजक रहेको  कलश यात्रा व्यवस्थापन उपसमिति तयार गरिएको बताएको छ ।
तेस्तै सुमन ढकाल संयोजक रहेको यातायात व्यवस्थापन उपसमिति , गान्धारा आचार्य संयोजक रहेको भक्तजन तथा खाद्य व्यवस्थापन उपसमिति ,नेत्र लामिछाने संयोजक रहेको प्राविधिक व्यवस्थापन उपसमिति  , गोविन्द चौहान संयोजक रहेको प्रमाण पत्र लेखन तथा व्यवस्थापन उपसमिति ,  विन्दा भट्टराई संयोजक रहेको  पुजा सामाग्री व्यवस्थापन उपसमिति तय गरिएको पुराण अायोजक मुल समितिका सचिव रिजालले जानकारी दिनुभएको छ ।

अायोजकले पत्रकार भेटघाट संगै अाइतबारनै पुराण सम्पन गर्ने बिषयमा बृहत छलफल कार्यक्रम समेत गरेको थियो । पुराण मुल अायोजक समितिका संयोजक कपिलमणी अधिकारीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख अतिथि  कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , शिक्षासेवी स्थानीय वुद्धिजीवी ताराप्रसाद खनाल, प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मातृका पोखरेल, स्थानीय समाजसेवीहरु लक्ष्मीप्रसाद अधिकारी, शम्भु सुस्केरा(ढकाल), मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेशमणि बास्कोटा लगायतले पुराणलाई सव्यभव्य ढङ्गबाट संचालन गर्दै लक्ष प्राप्तिका निम्ति कसरी अगाडि बड्ने जस्ता बिषयमा आआफ्ना धारणा राख्नु भएको थियोे ।