झापा ,३ फागुन / अाफैले काम गर्ने सवारीबाट रकम चोरी गरी फरार भएको अारोपमा पासाङ तामाङ बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

बोलेरो पिकअप प्र१-०१-००१च.९८०५ न.को गाडिमा खलासि काम गर्ने ईलाम नगरपालिका ९ गोलाबस्ति बस्ने अन्दाजी २३ बर्षका पासाङ तामाङ बम्जनले बुधबार झापा मेचीनगर नगरपालिका वडा न.९ लिलाबस्तिबाट गाडिमा राखेको नगद रु. २ लाख चोरी गरी फरार भएको गाडि धनि ईलाम सुर्योदय न.पा. ८ का सुरेन जोसिले ईलाका प्रहरी कार्यलय धुलाबारी झापामा जानकारी गराएका थिए ।

तामाङलाई प्रहरिले खोजी गरिरहेको थियो । ख‍ोजीकै क्रममा तामाङलाई बिहिवार साझ काठमाण्डौ जादै गरेको अवस्थामा दमक नगरपालीका ९ पश्चिम बस स्टेन बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बम्जनको साथमा नगद ने.रु. ६५ हजार पन्ध्र र भा.रु.८ हजार चार सय सत्तरी समेत भेटीएको छ भने, थप आबश्यक अनुसन्धान कार्य भई रहेको झापा प्रहरिले जनाएको छ ।