रोटरी क्लबको आयोजनामा कनकाईमा त्री दिवसीय साहित्य महोत्सव हुदै

सुरुङ्गा , ४ फागुन / रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा कनकाई नगरपालिका सुरुङ्गामा आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म त्री दिवसीय कनकाई कला संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ ।
सुरुङ्गाका विभिन्न स्थानमा भव्यरुपमा कला महोत्सवको आयोजना गरिन लागेको र यसको तयारी अन्तिम अवस्थामा पुगेको शुक्रबार क्लबको कार्यलयमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
शिक्षित व्याक्तिहरुको बाक्लो बसोबास रहेको र कक्षा नर्सरी देखि एमएड सम्मको पठनपाठन समेत हुदै आएको यस कनकाई नगरिमा पठन सस्कृतिको विकास गर्न र यहाँ रहेका साहित्यकार तथा कलाकारहरुको प्रवद्धन गर्ने उद्धेश्यका साथ नगरमा प्रथमपटक यसप्रकारको कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष रोटरीयन शिव कडेँलले जानकारी दिनुभयो ।
देशमा दिनानुदिन देशप्रेमको भावना घटदै गइरहेको र विकृत मानसिकताले भावी पुस्तामा समेत आक्रान्त पारिरहेको हुदा हामीले साहित्यको माध्यमबाट थोरै भएपनि देशमा सकरात्मक अवधारणा ल्याउन यस महोत्सवले भुमिक खेल्छ भन्ने लक्ष्यकका साथ महोत्सवको अायोजना गरेको आयोजक समितिका संयोजक अखिल कुमार कोइरालाले बताउँनुभयो ।

महोत्सव आगामी फागुन १४ गते प्रभातफेरि गर्दै सुरुवात गरिने तथा यहाँस्थित पशुपति अंग्रेजी माविको मैदानमा साहित्य गोष्ठी, हास्यव्यङ्गसहित सास्कृतिक कार्यक्रम, पुस्तक मेला, साहित्य गोष्ठी, कविता गोष्ठी लगायातका कार्यक्रम गरिने यसैगरि कनकाई उद्योग वाणिज्य संघ, कनकाई कनकाई बहुमुखी क्याम्पसको सभाहलमा अन्य सास्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरिने आयोजक रोटरी क्लवका पुर्वअध्यक्ष कुमारमणि पोखरेलले बताउँनुभयो ।
साहित्य महोत्सवमा पुस्तक प्रदर्शनी र डोनेसनको समेत आयोजना गरिने र कार्यक्रम समापन पछि एक पुस्तकालयको समेत स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु मनोज गजुरेल, रचना रिमाल, साहित्यकारहरु तुलसी विवश, अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, प्राडा देवि नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदिप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गितकार शिशिर योगी लगायातका सर्जकहरुको विशेष प्रस्तुति रहने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महोत्सव सञ्चालनका लागि कुल २५ लाख ४५ हजार रुपैँया खर्च हुने र यसको रकम विभिन्न दाता र प्रायोजकहरुबाट संकलन गरिने आयोजक समितिका पुर्वअध्यक्ष कुमारमणि पोखरेलले बताउँनुभयो ।

कनकाई नगरपालिकामा रहेको कनकाई प्रतिभा प्रतिष्ठान, कलाकारहरु हिम्मत नेम्बाङ्ग, र पवन राजवंशी लगायातहरुको समेत सम्मान र सहकार्यमा यस महोत्सवको आयोजना गरिन लागेको पत्रकार सम्मेलनमा जनाईको छ ।
कनकाई प्रतिभा प्रतिष्ठानको संस्थापक अध्यक्ष कोमलप्रसाद पोखरेल, बर्तमान अध्यक्ष जीवनाथ सुवेदी लगायातले समेत पत्रकार सम्मेलनमा कनकाई नगरका लागि यस कार्यक्रम ऐतिहासिन भएको भन्दै प्रतिष्ठान परिवारको समेत पुर्णतय सहभागिता रहने बताउँनुभयो ।
पत्रकार सम्मेलनमा रोटरी क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती, निर्वतमान अध्यक्ष खेमप्रसाद प्रसाई, सुशिलकुमार श्रेष्ठ, लुमराज उप्रेती लगायातले पत्रकारले राखेको जिज्ञासाको उत्तर दिनुभएको थियो ।
