ठोस खबर , ६ फागुन / प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा सुरुङ्गा सहकार्य युवाक्लबले रक्तदान कार्यक्रम गरेको छ ।

कनकाई नगरपालिका ३ सुरुङ्गा चौकमा सुरुङ्गा सहकार्य युवाक्लबको अयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा बिर्तामोडको प्रविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ८ जना महिला र ४२ जना पुरुषबाट गरि ५० पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष सुमन कार्कीले जानकारी गराउनु भएको छ ।

रगत अभावमा छट्पटाईरहेका बिरामीलाई राहत पुगोस भन्ने उदेश्यले ” रक्त दान स्वेच्छिक अभियान” भन्ने मुल नाराका साथ क्लबले बार्षिक क्यालेन्डरनै बनाएर हरेक बर्ष रक्तदानलाई निरन्तरता दिदै अाएको संस्थाका संस्थापक अध्यक्ष प्रविन तिम्सिनाले वताउनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंले रक्तदान जस्तो महादान कार्यक्रमको अायोजना गरेर सुरुङ्गा सहकार्य युवा क्लबले पुण्यको काम गरेको बताउनु भयो ।

क्लबका अध्यक्ष सुमन कार्कीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष टिकाराम भण्डारी (सुदिप) , रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कडेँल , कनकाई धार्मिक विकास संस्थाका अध्यक्ष शेरवहादुर थापा सुरुङ्गा जेसिजका कानुनी सल्लाहकार दिपेन्द्र प्रधान , नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा बिर्तामोडका सचिन थेवे , नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका उपसचिव यज्ञ कार्की , कालिस्थान विकास संस्थाका अध्यक्ष किशोर दाहाल , कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई लगायतको उपस्थित रहेको कार्यक्रममा उपस्थित सवैलाई स्वागत क्लबका सहसचिव विबेक शिवाकोटीेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिव भिम राजवंशीेले गर्नुभएको थियोे ।