कनकाई साहित्य महोत्सव अाजबाट सुरु , वरिष्ठ कलाकार नीर शाहद्वारा भयो उद्घाटन

कनकाई / रोटरी क्लव अफ कनकाई सुरुङ्गाले आयोजना गरेको कनकाई कला , सस्कृति तथा साहित्य महोत्सव आजबाट सुरु भएको छ ।
झापाको कनकाई नगरपालिका ३ स्थित पशुपति अंग्रेजी माविमा उक्त महोत्सवको अाज वरिस्ठ अभिनेता तथा गीतकार नेपाली चलचित्र क्षेत्रका भीष्म पिता नीर शाहले गर्नु भयो ।

साहित्य महोत्सवको उदघाटन गर्नुहुदै कलाकार निरविक्रम शाहले मानवजातिको उत्थान र प्रवद्धनमा मानव अधिकारकै रुपमा कला सस्कृतिको समेत बराबरी महत्व हुने भन्दै यस्ता कला महोत्सवबाट मानव जिवनले उत्प्रेरणा प्राप्त गर्ने बताउँनुभयो ।

तीन दिन सम्म चल्ने यस कला सस्कृति महोत्सवमा स्थानीयदेखि राष्ट्रिय साहित्यकारहरुले आफ्नो रचना वाचन गर्नेदेखि लिएर कलाकार हिम्मत नेम्बाङ्ग र प्राज्ञ पवन राजवंशीको एकल चित्र तथा मुर्तिकला प्रदर्शनीका साथमा साहित्यकारहरु तुलसी दिवश, अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, देवि नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदिप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, शिशिर योगीका साथमा कलाकारहरु मनोज गजुरेल र रचना रिमालबाट गित तथा कविता , नाटक लगायातका प्रस्तुतिहरु रहने आयोजक समितिका अध्यक्ष शिव कडेँलले बताउँनुभयो ।

साहित्य तथा साङगितिक प्रस्तुती र श्रवणका लागि झापा तथा छिमेकी जिल्ला र काठमाण्डौबाट समेत सर्जक र श्रोताहरु आउने र यस कार्यक्रमलाई हरेक ३ बर्षमा नियमित गरिने आयोजक समितिका संयोजक अखिल कोइरालाले बताउँनुभयो ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया, समाजसेवी शेरबहादुर थापा लगायातले कला विना मानव जीवनको महत्व अन्धकार हुने भन्दै कलालाई मानव जीवनसग जोडनुपर्नेमा जोड दिनुभयो । आजै स्थानीयदेखि राष्ट्रिय कलाकार तथा पशुपति अंग्रेजी मावि समेतका विद्यार्थीहरुले नृत्य लगायातका कलाकारिता प्रस्तुति भएको छ ।
महोत्सव कनकाई सुरुङ्गाका विभिन्न स्थानहरु बाणिज्य संघ, कनकाई बहुमुखी क्याम्पस लगायातमा आयोजना गरिने रोटरी क्लवका पुर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । महोत्सव सुरु हुनुपुर्व आजै सुरुङ्गा बजार सरसफाई गर्नुका साथै प्रभातफेरि कार्यक्रम समेत आयोजना गरिएको थियो ।
