मदरगाछ बजारमा १० दिने सांस्कृतिक तथा ब्यापार मेला लाग्दै

ठोस खबर / स्थानीय उत्पादनको प्रवर्धन गर्न र मदरगाछ बजारलाई चिनाउने उदेश्यले झापाको झापा गाउपालिका ७ मदरगाछ बजारमा यहि फागुन २५ गतेदेखि चैत ६ गते सम्म १० दिने सांस्कृतिक तथा ब्यापार मेला लगाईने भएको छ ।
स्थानीय दीपज्योती युवा क्लव र जेएस फिल्म प्रोडक्शन प्रालि काठमाडौंको संयुक्त आयोजनामा मदरगाछमा सांस्कृतिक तथा ब्यापार मेला २०८०’ को तयारी गरिएको हो ।
आयोजक संस्थाले मंगलबार मदरगाछ बजारमा पत्रकार सम्मेलन गरेर मेलाको तयारी बारे जानकारी दिएको छ ।
मेलामा देस बिदेशमा ख्यातिप्राप्त कलाकार साथै स्थानीय कलकारको प्रस्तुती साथै स्थानीय उत्पादन सहित ४० वटा स्टल , विभिन्न खेल तमासा र बालबालिकाका लागि मनोरजानत्मक सामाग्रीको समेत स्टलहरु रहने आयोजक संस्था दीपज्योति युवा क्लबका अध्यक्ष डिल्लीराम चुडालले बताउनु भएको छ ।
हरेक दिन मेलामा प्रमोद खरेल , शिव परियार ,ज्योती मगर, राजशुक्र लिम्बु, प्रिति आले, कमल खत्री, शान्तिश्री परियार, श्रीनिवास, हिमाल सागर, एलिना चौहान, तारावीर पाण्डे, प्रिति पासवान, नन्दु गुरुङ, टिका प्रसाई, सुवास महत, फुलन्देको अामा , सुरेश धिमाल अन्तरा वेण्ड र सिदान्त एण्ड दी वेण्ड लगायतका गायक तथा कलाकार सहित स्थानीय कलाकारकोसमेत प्रस्तुती रहने मेला अायोजक समिति तथा कलकार संयोजन समितिका संयोजक तारवीरपाण्डेले बताउनु भयो । मेलामा सांस्कृतिक कार्यक्रमको लागि निश्चित ठाउँ वनाईने र उक्त ठाउको प्रवेश शुल्क एकसय रुपैयाँ लाग्ने भएपनी त्सय बाहेक मेला क्षेत्रमा प्रवेश निःशुल्क रहेको पनि पाण्डेले जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै झापा गाउँपालिका ७ का वडाध्यक्ष सखीचन्द्र ठाकुरले यस मेलाले ग्रामीण क्षेत्रमा रहेको पुरानो बजार मदरगाछलाई झापा जिल्लामा मात्रै नभएर देश विदेशमा परिचित गराउने छ भन्दै अायोजक परिवारलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
अनुमानित ११ लाख रुपैयाँ खर्चमा सम्पन्न गर्नेगरी १० दिन सम्म लागाइने उक्त मेलामा दैनिक एक हजार ५ सयदेखि २ हजार दर्शकको उपस्थिति रहने अपेक्षा रहेको आयोजक दीपज्योती युवा क्लवका उपाध्यक्ष सुवास डाँगीले जानकारी गराउनु भयो ।
त्यस्तै उद्योग बाणिज्य संघ झापा गाउँपालिकाका उपाध्यक्ष छत्रप्रसाद पाण्डेले यस मेलाले यहाका स्थानिय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा मदरगाछ बजार व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण मण्डल , जनकल्याण माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर श्रेष्ठ, जेएस फिल्म प्रोडक्शन प्रालिका अध्यक्ष सविन घिमिर लगायतको उपस्थित रहेको थियो भने सहजिकरण क्लबका सचिव बासुदेव दाहालले गर्नुभएको थियो ।
